शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुँदै
अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ १३, २०८२
annapurnabasecamp
म्याग्दी। अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो । जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ ,स्थित अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथुन दौड प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । म्याराथुन प्रतियोगितामा करिब ६० जनाले सहभागीता जनाउने भएका छन् । जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रम सहित मनाउन लागिएको अन्नपूर्ण हीरक महोत्सवको अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाईमा म्याराथुन दौड प्रतियोगिता हुन लागेको अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडाबाट ५/५ जना र जिल्लाका अन्य पाँच स्थानीय तहबाट २/२ जना र नारच्याङ क्षेत्रबाट थप युवाहरुले समेत म्याराथुनमा भाग लिने म्याराथुन दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद  ५० हजार, ३० हजार र २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । हीरक महोत्सवको अवसरमा पुख्र्यौली नाचका साथै विविध कार्यक्रम तय गरिएको छ । आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावारण गर्नुका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्राहलय र नारच्याङदेखि आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको समेत उद्घाटन गर्ने कार्यक्रम छ । हीरक महोत्सवको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने गाउँपालिकाले जनाएको छ । उक्त अवसरमा आधार शिविरमा शिलाखेलमा आरोहीहरुको अभिलेख राख्ने समेत यतारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो ।अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनको रुपमा परिचित छ । सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP