शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • तीन पत्रकार सहित सात जना सम्मानित
तीन पत्रकार सहित सात जना सम्मानित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १५, २०८२
IMG_0683
बेनी। ग्लोबल म्याग्दी मिडिया प्रालिद्धारा संचालित यस अनलाइन डिजिटल पत्रिका  म्याग्दी न्युज डटकममा कार्यरत पत्रकार साधन राम्जाली मगर सहित म्याग्दीका तीन जना पत्रकार तथा विभिन्न विधाका गरी सात जना व्यक्त सम्मानित भएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बिहिबार जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियोगिता एवम् प्रथम गण्डकी लोक तारा– २०८२ को जिल्ला अडिसन कार्यक्रमको अवसरमा सम्मान गरेको हो । सम्मानीत हुनेमा पत्रकारहरुमा सन्तोष गौतम, साधन राम्जाली र दलप्रसाद विश्वकर्मा (अमित) रहनुभएको छ । समाजसेवी एवं व्यवसायी जिवनबहादुर विश्वकर्मा, प्रतिष्ठानका केन्द्रिय सचिव तारानाथ आचार्यलाई सम्मानका साथै कलाकार करण कँडेल र निशा भण्डारीलाई नवप्रतिभा अवार्ड प्रदान गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रतिष्ठानका केन्द्रिय सचिव आचार्य, बेनी नगरपालिका–४, का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), प्रतिष्ठानका अध्यक्ष धु्रब जिसी र पुर्व केन्द्रिय सदस्य धनकुमारी थापाले दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र वितरण गर्नुभएको थियो । सम्मानित पत्रकार गौतम राष्ट्रिय समाचार समिति, अन्नपूर्ण पोष्ट दैनिक, रिखार दैनिक पत्रिका र धौलागिरि खबर डटकममा आवद्ध हुनुहुन्छ । म्याग्दी न्युज डटकममा कार्यरत राम्जाली मालिका प्रेस  र गोरखापत्र दैनिक तथा अमित रासस र म्याग्दी प्रेसमा आवद्ध हुनुहुन्छ ।म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विश्वकर्माले लोकदोहोरी गितको प्रर्वद्धनमा सहयोग गर्दै आउनुभएको छ । नवप्रतिभा अवार्डबाट सम्मानित कलाकार कँडेल र भण्डारीको पछिल्लो घुमि घुमि बोलको गितले चर्चा कमाएको छ । म्याग्दी जिल्लाको कला, संस्कृति संरक्षण र विकासमा पु¥याएको योगदान वापत सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष जिसीले बताउनुभयो । नगर प्रमुख केसीले लोक संस्कृतिको संरक्षणका लागि प्रतिभाको पहिचान र प्रर्वद्धनका कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्दै त्यसमा नगरपालिकाले साथ दिने बताउनुभयो ।  
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २१:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP