शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • समाजसेवी बानियाँद्वारा बसन्त आधारभूत विद्यालयमा पोशाक र स्टेशनरी सहयोग
समाजसेवी बानियाँद्वारा बसन्त आधारभूत विद्यालयमा पोशाक र स्टेशनरी सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ १६, २०८२
Messenger_creation_BEADFB46-64F4-4BD6-AC9E-481DDAB7BD7D
बेनी।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर स्थायी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपाल बानियाँले विद्यालयलाई पोशाक र स्टेशनरी सहयोग गर्नुभएको छ । पुलाचौरको उपल्लाचौरमा सञ्चालित बसन्त आधारभूत विद्यालयमा बिहीबार उहाँले २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकअन्तर्गत ट्र¥याकसुट र स्टेशनरीस्वरुप कापीकलम सहयोग गर्नुभएको हो । समाजसेवी बानियाँले आफ्नो व्यक्तिगत पहलमा नगद ४० हजार रुपैयाँ बराबरको पोशाक र स्टेशनरी सहयोग गर्नुभएको थियो । १८औं गणतन्त्र दिवसको अवसर पारेर विद्यालयमा छात्रवृत्ति वितरण, अभिभावक अन्तत्र्रिmया एवं सहयोगी व्यक्तित्वलाई सम्मान गर्नुका साथै विद्यार्थीलाई उक्त सामग्री सहयोग गरिएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत विभिन्न २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक अन्तर्गत एकएक सेट ट्र¥याकसुट र स्टेशनरीस्वरुप कापीकलम वितरण गरिएको विद्यालयले जनाएको छ । जनकल्याण मावि पुलाचौरको निवर्तमान अध्यक्ष समेत रहनुभएका बानियाँले व्यक्तिगत पहलमा पोशाक र स्टेशनरी सहयोग गर्नुभएको थियो । विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी सहयोग हस्तान्तरण गर्दै समाजसेवी बानियाँले काठमाडौं बसाई भए पनि आफ्नो गाउँ ठाउँमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको बताउनुभयो । आफ्नो गाउँको विद्यालय र विद्यार्थीहरुलाई सानो भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी लागेको सुनाउँदै उहाँले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । जनकल्याण मावि पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेलले आधारभूत तह विद्यार्थीहरुको जग भएकाले शिक्षकहरुले पढाइलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दलित संघका अध्यक्ष नरबहादुर विक, स्थानीय युवा बलबहादुर परियारले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयको तर्फबाट लक्षित समूहका विद्यार्थीलाई प्रतिव्यक्ति चारसय र अन्यलाई दुईसय रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरिएको विद्यालयका प्रअ खेमराज शर्माले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्दप्रसाद शर्मा पौडेलको अध्यक्षता, विद्यालयका शिक्षकद्वय टंकनाथ शर्माको स्वागत र भगवती रेग्मी पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले कवितावाचनसहित नृत्य प्रस्तुत गरेका थिए । बसन्त आधारभूत विद्यालय वि.सं. २०४९ सालमा स्थापना भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP