शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव
विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ १६, २०८२
494575975_1635550660487366_9147550345856608579_n
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१०, वाखेतको विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव विहिबाार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिक वडा नं १० का वडा अध्यक्ष मस्बीर रोकाले सामुदायिक विद्यालयको शाख जोगाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । ‘सामुदायिक विद्यालयप्रति तलदेखि माथी सम्मै समस्या देखिएको छ ।,’ उहाँले भन्नुभयो( ‘त्यही कुरालाई मध्यनजर गरेर शिक्षकहरुले पेशालाई मर्यादित बनाउदै समाजको धारणा परिवर्तन गर्न आफू जागरुक हुनुपर्छ ।’ कार्यक्रमका प्रमुख अतिथि रोकाले शैक्षिक गुणस्तर सुधारमा वडाले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले विद्यालयले अघिसारेका योजनालाई वडाले प्रथामिकीकरण गरेर काम गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । अध्यक्ष रोकाले विद्यालयका लागि आवश्यक विज्ञान प्रयोगशाला, विषयगत शिक्षकको समस्या समाधानका लागि नगरपालिकासंग समन्वयन गरिरहेको बताउनु भयो । उहाँले राज्यले लगानी गरे अनुसार सामुदायिक विद्यालयहरुको नतिजा आउन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।कार्यक्रममा विशिष्ट अतिथि तथा गलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश बानियाले अहिलेको समयमा सामुदायिक विद्यालयको मुख्य समस्या नै विद्यार्थीसंख्या कम भएको बताउनु भयो । विविधकारणले विद्यालयमा बालबालिका कम भएपनि शौक्षिक गुणस्तर कायम गदै विद्यार्थीको चौतर्फी विकासमा विद्यालयले ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रममा स्थानिय युवा स्याुन पाइजाले विद्यालयको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले विद्यालयको आयव्यलाई चुस्तदुरुस्त बनाउन सुझाब समेत दिनभयो । त्यस्तै विव्यस सदस्य अशोक रोकाले विद्यालयको मुहारपर्ने गरि नयाँ योजना आएकोमा सुखी व्यतm गदै कार्यन्वयनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । विद्यालय व्यवगस्थापन समितिका अध्यक्ष टिका बहादुर पाइजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय प्रधानाध्यापक प्रकाश अधिकारीले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भावि योजना प्रस्तुत गर्दै प्रअ अधिकारीले संस्कारसहित गुणस्तरीय शिक्षा र सीपमा जोड दिँदै “जीवन्त विद्यालय र संस्कारयुक्त विद्यालय” अबधारणामा काम गर्ने बताउनु भयो । उहाँले विद्योदयले शिक्षा मात्र हैन, जीवन निर्माणको आधार तयार पार्ने ध्येय राखेको बताउनु भयो । प्रअ अधिकारीले भन्नुभयो–हामी विद्यालयलाई संस्कारयुक्त जीवन्त शिक्षालयको रुपमा विकास गर्दैछौं, जहाँ बालबालिकाहरू ज्ञानसहित मानव मूल्य, व्यवहारिक सीप, आत्मविश्वास र सिर्जनात्मकताले समृद्ध बनून् भन्ने हाम्रो आकांक्षा हो । “जीवन्त विद्यालय र संस्कारयुक्त विद्यालय” बनाउन शैक्षिक गुणस्थरियता, अतिरिक्त कृयाकलापहरू, नेतृत्व विकासका कार्यक्रमहरू र नैतिकवान तथा व्यवहार कुशलताको लागि संस्कारयुक्त कार्यक्रमहरू सञ्चालन गर्ने बताउनु भयो । त्यस्तै अधिकारीले विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्घोष पनि गर्नुभयो । विद्यालयले विद्यालयका हरेक गतिविधि हेर्न धधध।खदकदभलष्।भमग।लउ बेव साइट र आफ्नै नामको मोबाइल एप समेत सञ्चानमा ल्याएको छ । विव्यस अध्यक्ष पाइजाले संस्कारयुक्त गुणस्तरीय शिक्षा आजको आवस्यकता रहेको बताउँदै विद्यालयले युग सुहाउँदो शिक्षाको लागि महोत्वकाँक्षी योजना अघि सारको बताउनु भयो । उहाँले आफ्नो योजनालाई सफल बनाउन सबै सरोकारवालालाई सहयोगको अपिल समेत गर्नुभयो । शिक्षक कुमार पाइजाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक अमृता जिसी रोकाले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सदन स्तरीय छात्र बास्केटबल प्रतियोगितामा रेड हाउन प्रथम र ब्लु हाउस द्वितीय भएका छन् । अभिभावक नृत्य र विद्यार्थीहरुको सामुहिक नृत्य प्रदर्शन गरेका थिए । त्यसतै विद्यालयमा अध्ययनर दलित तथा छात्राहरुलाई छात्रवृत्ति र दिवाखाजा र वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको छ । विद्यालयले विदागतरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ । २०८१ सालको वार्षिक परीक्षामा उत्कृष्ट दुई विद्यार्थी सुप्रिया पाइजा र आस्था रामजालीलाई समाजसेवी मोतिलाल पुनले एकदर्शन कपि र व्याग पुरस्कार सौजन्य गर्नुभयो । त्यस्तै पुनले सरसफाइ तर्फ इच्छा रोका र विपिना पुनलाई एक दर्जन सावुन र कपि सौजन्य गुर्नभयो । नियतिम हाजिरीमा अर्पण रोका र राधीका पुन र खाजा अफ दि यरमा सयम रोका पुरस्कृत भएको सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुभयो । अनुसाशनमा सुप्रिया पाइजा र मालनी पाइजा र सर्वोउत्कृष्ट विद्यार्थीको पुरस्कार आस्था राम्जालीले प्राप्त गर्नुभयो । यसैविच २०८१ सालको आधारभूत तह उर्तीण विद्यार्थीहरुको सम्मान सहित विदाई पनि गरिएकोछ । कार्यक्रममा विद्यालयका महिला शिक्षकहरु र विद्यार्थीहरुले उत्कृष्ट नृत्यकला प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ११:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP