शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण आरोहणले नेपाललाई विश्वभर चिनायो : प्रधानमन्त्री ओली 
अन्नपूर्ण आरोहणले नेपाललाई विश्वभर चिनायो : प्रधानमन्त्री ओली 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ २०, २०८२
IMG_0940
नारच्याङ  । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताउनुभएको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । अन्नपूर्ण प्रथम हिमाल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर मौरिस हर्जोगलगायतका नेपाली पर्वतारोहीले बहादुरी प्रदर्शन गरेर हिमाल आरोहणको ढोका खोलेको उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, ‘‘अन्नपूर्ण हिमालको पहिलो आरोही मौरिस हर्जोगलाई हामी सधै उच्च सम्मान गर्दछौं । हर्जोगले हिमाल आरोहण गरेर फ्रान्स र नेपालबिच मित्रताको सम्बन्ध स्थापित गर्नुभयो ।’’ सरकारले पर्वतारोहणलाई सुरक्षित बनाउन आधार शिविरलगायतका क्षेत्रहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । तत्कालीन मौरिस हर्जोगले आरोहण गरेको क्षेत्रमा नै अन्नपूर्ण हीरक महोत्सवको आयोजनाले पर्वतारोहण र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको उहाँले उल्लेख गर्नुभयो ।अन्नपूर्ण रेन्जमा थुप्रै हिमाल र आकर्षक पर्यटकीय गन्तब्यहरु भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘यस क्षेत्रमा रहेका सुन्दर हिमालहरु, झरना र पर्यटकीय स्थलहरुले राष्ट्रिय उन्नतिमा टेवा पु¥याएका छन् ।’’ प्रधानमन्त्री ओलीले यस क्षेत्रमा सुरुङ मार्ग, केवलकार, जलविद्युतको विकास र धार्मिक पर्यटनको विकास गरेर समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले मुस्ताङको मुक्तिनाथ, दामोदर कुण्ड र लोमान्थाङ पर्यटकीयस्थलहरु भएकाले यसको विकास गरेर थप पर्यटन भित्र्याउन सकिने विचार व्यक्त गर्नुभयो ।सरकारले कालिगण्डकी कोरिडोर सडकको स्तरोन्नति र कोरला नाकामा पूर्वाधार निर्माणलाई जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डले पर्यटन नीति र पर्यटन ऐनलाई सरकारले चाँडै ल्याउन लागेको बताउनुभयो । नेपालको पर्वतारोहण र पर्यटन विकासका लागि सरकारले ल्याउन लागेको ऐनले सहयोग पुग्ने बताउनुभयो । उहाँले आरोहण कल्याण कोषको स्थापना गरेर पर्वतारोहण क्षेत्रमा लागेका आरोहीलाई सरकारले सहयोग गर्ने बताउनुभयो ।हिमाल र प्राकृतिक पर्यटकीय गन्तब्यहरु हामीसँग मात्र छन् उहाँले भन्नुभयो, ‘‘पर्यटन क्षेत्रको विकास गरेर मुलुकको अर्थतन्त्र उठाउँछौं । पाहुनालाई स्वागत, सत्कार गर्ने संस्कृति र संस्कार हामीसँग मात्र छ । हिमालको सुन्दरतालाई विश्वभर प्रचार गरेर पर्यटन प्रवर्धन गर्न सकिन्छ ।’’ उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’, नेपालका लागि फ्रान्सका राजदुत भिर्जिनी कोर्ताभाल, गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बत्स्याल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले ७५ वर्ष पहिला अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर मौरिस हर्जोगले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वभर प्रचार गरेको बताउनुभयो । आजभन्दा ७५ वर्षअघि जुन ३ अर्थात जेठ २० गते फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखमा सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान गण्डकी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि हीरक महोत्सव सुरु भएको छ । ओझेलमा परेको यस क्षेत्रमा यस पटक अन्नपूर्ण हीरक महोत्सवले यस क्षेत्रका पर्यटनकर्मी र स्थानीयवासीलाई उत्साहित बनाएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।  
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १७:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP