शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • उर्जा राज्यमन्त्री गर्बुजाको पहलमा म्याग्दी क्याम्पसका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण(तस्बिर/भिडिओ)
उर्जा राज्यमन्त्री गर्बुजाको पहलमा म्याग्दी क्याम्पसका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण(तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २१, २०८२
chulo bitrran
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा खरिद गरिएको चुलो बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीहरुलाई वितरण गरिएको हो । क्याम्पस र स्ववियुको समन्वयमा विद्यार्थीहरुलाई चुलो वितरण गरिएको छ । क्याम्पस संचालक समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,उपाध्यक्ष प्रेमबहादुर कार्की ,क्याम्पस प्रमुख श्रीधर सुवेदी ,स्ववियु सभापति संगम चोखाल क्षेत्री लगायतले चुलो वितरण गर्नुभयो । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको पहलमा पहिलो चरणमा करिब तीन सय जना विद्यार्थीलाई चुलो वितरण गरिएकाे स्ववियु सभापति संगम चोखाल क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ,पहिलो चरणमा आर्थिक रुपमा कमजोेर र दुर्गम क्षेत्रका विद्यार्थीलाई वितरण गरिएको छ । चुलो वितरण गर्दैै अध्यक्ष श्रेष्ठले ग्रामिण भेगबाट आएर बेनीमा बसेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्ने बताउनुभयो । चुलो ल्याउन सहयोग गर्ने राज्यमन्त्री गर्बुजालाई धन्यवाद व्यक्त गर्दै म्याग्दी क्याम्पस सँगै मङ्गला शिक्षा क्याम्पसका सबै विद्यार्थीलाई चुलो उपलब्ध गराउन सहयोग गर्न राज्यमन्त्री गर्बुजासँग छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘‘सबै विद्यार्थीको आर्थिक अवस्था उस्तै छैन । धेरैजसो ग्रामिण भेगबाट आएर यहाँ अध्ययन गर्ने भएकोले विद्युतीय चुलोले उनिहरुको दैनिकीमा ठुलो टेवा पुग्नेछ । काठमाडौं उपत्यकामा मात्र वितरण गरिंदै आएकोमा पहिलोपटक म्याग्दी क्याम्पसका विद्यार्थीलाई चुलो उपलब्ध गराउन पहल गर्नुहुने राज्यमन्त्री गर्बुजालाई धन्यवाद व्यक्त गर्दछु ।’’ क्याम्पस प्रमुख श्रीधर सुवेदी ,स्ववियु सभापति संगम चोखाल क्षेत्री लगायतले विद्युतीय चुलो ग्यासको तुलनामा धैरै सस्तो र सुरक्षित हुने भएकोले विद्यार्थी ठुलो सहयोग पुग्ने बताउनुभयो । राज्यमन्त्री गर्बुजा  म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस सभापति समेत हुनुहुन्छ । जिल्लाको दुर्गम धवलागिरी गाउँपालिका–४,मुदी बगरका शेरबहादुर सुनार र सोही गाउँपालिका–५, मराङकी रोजीना सुवेदीले ग्यासको तुलनामा धेरै सस्तो हुने भएकोले इन्डक्सन चुलोले आफुहरुलाई सहज हुने बताउनुभयो । निःशुल्क चुलो प्राप्त गरेपछि खुशी हुँदै उहाँहरुले भन्नुभयो ,‘‘विद्युतीय चुलो सस्तो र सजिलो हुन्छ । ग्यास बाल्नुभन्दा इन्डक्सन चुलो प्रयोगले हामीलाई ठुलो टेवा पुग्नेछ ।’’ क्याम्पसमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् । स्ववियु सचिव मन्जुर कटुवाल क्षेत्रीले कार्यक्रम संचालन गर्नुभएको थियो । भिडिओ हेर्नुहोस् [embed]https://youtu.be/Araxhmo0UpU[/embed]  
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १५:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP