शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नामको भुमे पुजा मेला सम्पन्न
दग्नामको भुमे पुजा मेला सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २१, २०८२
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा आयोजित भुमेपुजा मेला –विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय एकता युवा क्लबको आयोजनामा संचालित आइतबार सम्पन्न मेलामा यु–२० बास्केटबल ,पुरुष बास्केटबल ,पुरुष र महिला भलिबल ,आँगन कार्यक्रम ,दग्नामी साँझ लगायत कार्यक्रम संचालन भएका थिए । यु–२० बास्केटबलमा विजेता काफलडाँडाले नगद ५५ हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा उपविजेता बनेको चिमखोलाले ३३ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेको छ । पुरुष बास्केटबलमा विजेता र उपविजेता बनेका पिप्ले र कुँहुले क्रमश: एक लाख एक हजार १११ र साठी हजार१६६ रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र हात पारेका छन् । यसैगरी पुरुष भलिबलतर्फ पकुवा पर्वत विजेता र उपविजेता बनेको साझापानी राखुले क्रमशः ७० हजार र ४० हजार सहित मेडल र प्रमाणपत्र तथा महिलातर्फ विजेता अर्मन र उपविजेतामा चित्त बुझाएको अर्घौ पोखराले क्रमश: पचास हजार र ३० हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारेको एकता युवा क्लबका पुर्व अध्यक्ष तथा जनता माविका प्रअ गुन पुन मगरले जानकारी दिनुभयो ।  उहाँका अनुसार,आँगन कार्यक्रममा प्रथम हुनुभएका त्रिना पाइजा र मेघना गर्बुजा ,द्धित्तिय विपना गर्बुजा ,तृतिय सुस्टिना गर्बुजा ,सान्त्वना भएका सुवास्ना गर्बुजा र कुशुम पुनले क्रमशः १५ हजार ,१० हजार ,५ हजार र दुवै जना सान्त्वना हुनेले २ हजार ५०० रुपैयाँ पुरस्कार हात पारेका छन् । क्लब अध्यक्ष ,मेला अध्यक्ष ,स्थानीय समाजसेवी ,पुर्व क्लब अध्यक्ष ,चन्दादाता लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । हरेक वर्ष भुमेपुजाको अवसरमा मेलाको आयोजना गरिँदै आएको छ । मेलाको उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभएको थियो । दग्नाम राज्यमन्त्री गर्बुजाको जन्मगाउँ समेत हो । नवनियुक्त राज्यमन्त्री गर्बुजालाई गाउँबासीले भव्य सम्मान समेत गरेका थिए । क्लबको अगुवाइमा हरेक वर्ष झैं यसवर्ष पनि भुमेपुजाको अवसरमा लिङ्गो जुधाई प्रतियोगिता ,पुर्ख्यौली नाच लगायत कार्यक्रम समेत सम्पन्न भएको छ । स्थानीय कला संस्कृतिको जगेर्ना ,प्रचारप्रसार तथा खेलकुद क्षेत्रको विकास ,एकआपसमा भाइचारा सम्बन्ध स्थापित गर्न र खेलप्रतिभाको पहिचान गर्न मेला संचालन गरिएको क्लब अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । मेलालाई सफल रुपमा सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । संस्थापक क्लब अध्यक्ष गुन पुन मगर ,पुर्व क्लब सचिव कृष्ण गर्बुजाले मेलामा कार्यक्रम संचालन गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १३:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP