शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण
मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन १६, २०८२
khanepani of ruma
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२,का विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा निर्माण भएका ति आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार ,घाङलेपानीमा एक सय तीन, धुल्वाङमा एक सय ६२ र खवाङमा ७३ वटा नीजि धारा निर्माण गरेर घरघरमा खानेपानी सुविधा उपलब्ध गराइएको हो ।आर्थिक वर्ष २०८०/०८१ मा ठूलोरुमका दुई सय ७३, कलात भनारीमा ७४ र विल्वाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको थियो । पछिल्लो दुई आर्थिक वर्षमा मालिकाको वडा नम्बर २ का सात सय ४९ घरपरिवारमा खानेपानी सुविधा विस्तार भएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । आयोजनाहरुको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । योजना उद्घाटनका साथै सार्वजनिक लेखा परिक्षण, सफा र स्वच्छ समुदाय पनि घोषणा भएको छ । पानीको मितब्ययी, व्यवस्थित र दिगो प्रयोगका लागि प्रत्येक धारामा मिटर जडान भएको छ ।यसअघि स्थानीयबासीले सार्वजनिक धाराबाट पाइप, गाग्री, ग्यालीन, बोत्तल र ड्रममा पानी ओसारेर प्रयोग गर्दै आएका थिए । घरआगनकै धारामा पानी आउन थालेपछि समयको बचत भएको र झञ्जट हटेको छ । कुल ३८ लाख ९१ हजार ३१ रुपैयाँ लागत अनुमान गरिएको खबाङ्ग शेरेधारा खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाबाट खवाङका ७३ घरपरिवार लाभान्वित भएका छन् । यो योजनामा नेवाको १५ लाख ६० हजार रुपैयाँ, मालिका गाउँपालिकाको ११ लाख ९९ हजार ९४ रुपैयाँ लगानी र उपभोक्ताको ११ लाख ३१ हजार एक सय ३७ रुपैयाँ बराबरको श्रमदान रहने जनाइएको छ ।कुल ७९ लाख ९७ हजार पाँच सय ५२ रुपैयाँ लागत अनुमान गरिएको धुल्वाङको खानेपानी सरसफाई तथा स्वच्छता योजनाबाट एक सय ६० वटा घर र दुई वटा विद्यालयमा निजी धारा जडान भएको छ । उक्त योजना निर्माणमा नेवाबाट ३८ लाख ९३ हजार ४४ रुपैयाँ , गाउँपालिकाबाट १७ लाख ९३ हजार दुई सय ८१ रुपैयाँ सहयोग र उपभोक्ताको २२ लाख ११ हजार दुई सय २७ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । ५२ लाख ८३ हजार दुई सय ६८ रुपैयाँ लागत अनुमान गरिएको घाङलेपानी खानेपानी सरसफाई तथा स्वच्छता आयोजना मार्फत एक सय दुई वटा घर, तीन वटा विद्यालय र एक वटा स्वास्थ्य संस्थामा धारा निर्माण भएको छ । यस योजना निर्माणमा नेवाको २६ लाख १७ हजार एक सय ६६ रुपैयाँ , गाउँपालिकाको १२ लाख ९८ हजार सात सय १५ रुपैयाँ सहयोग र उपभोक्ताको १३ लाख ६७ हजार तीन सय ८७ रुपैयाँ बराबरको श्रमदान रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १६:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP