शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रसिद्ध उत्तरगंगा ढोरबराहमा हजारौं भक्तजनको भीड (फोटोफिचर)
प्रसिद्ध उत्तरगंगा ढोरबराहमा हजारौं भक्तजनको भीड (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन २४, २०८२
IMG_9065
ढोरपाटन, साउन २४ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यका स्थित प्रसिद्ध धार्मिक स्थल उत्तरगंगा ढोरबराह थानमा जनै पूर्णिमाको दिन हजारौं दर्शनार्थीले दर्शन तथा पुजाअर्चना गरेका छन् । शनिबार बिहान रातिदेखि नै पुजा अर्चना र दर्शन गर्नेको भीड लागेको थियो । म्याग्दी ,बागलुङ र पुर्वीरुकुम जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्ष भित्र पर्ने ढोरपाटन उपत्यकामा रहेको उत्तरगंगा ढोरबराहमा पूजा गर्न जनै पूर्णिमाको अघिल्लो दिननै भक्तजनहरु ढोरपाटन उपत्यका पुगेका थिए । भने केही त्यहाँ पुग्न नसकेका भक्तजन बुर्तिबाङ बसेर बिहान उक्लिएका थिए। ढोरबराह थानमा भेडाको पाठा/सांढको बलि दिने प्रचलन छ । उपत्यका भएर बग्ने उत्तरगंगा नदीमा स्नान गरी प्रसिद्ध ढोरबराह भगवानको पूजाअर्चना गरे मनोकामना पुरा हुने धार्मिक मान्यता रहेको छ । मनोकांक्षा पूरा गर्न ढोरबराहको नाममा भाकल गर्ने र भेँडा पाठाको बलि दिँदा फल प्राप्ती हुने विश्वास छ । उत्तरगंगा ढोरबराह थानमा जनैपूर्णिमा र चण्डी पूर्णिमामा विशेष पूजा अर्चनाका साथै बलि दिएर उत्तरगंगा ढोरबराहको पूजा गरिन्छ । ऋषितर्पणी अर्थात् जनै पूर्णिमामा उत्तरगंगा ढोरबराह मन्दिरमा ठुलो मेला समेत लाग्ने गर्छ । उत्तरगंगा ढोरबराहमा मेला भर्न छिमेकी जिल्लाहरु म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत कास्की लगायत देशभरबाट श्रद्धालुहरु आउने गरेको वडा नम्बर ९का वडा अध्यक्ष खिमबहादुर घर्ति मगर बताउनुहुन्छ । व्यवसायी शेरबहादुर बुढा मगरका अनुसार , थानमा करिब १२ सय वटा भेडाको पाठाको बलि चढेको र करिब बीस हजार भक्तजनले दर्शन गरेका छन् । उत्तरगंगा नदीको उद्गमस्थलमा ढोरबराहको थान रहेकोले ‘उत्तरगंगा ढोरबराह’ भन्ने गरिएको हो । यहाँ सातमुले, मुल, बराह मुल र अपुता मुल गरी तीन मुल छन् । सातमुले मुललाई उत्तरगंगा मुल पनि भनिन्छ । यसै मुलबाट बाइसधारा निस्केका छन् । बराह मुलमा रहेको बहरे गोरुलाई यहाँ बराह देवताको रुपमा पुज्ने गरिन्छ । ढोरपाटनमा ढकमक्क फूल फुलेको जनै पूर्णिमाको दिन बलि राजा प्रकट हुने भएकाले उहाँकै स्वागत गर्न उत्तरगंगा मेलामा लाग्ने गरेको लोककथन छ । यसै स्थानमा काग भुसुन्डी नाम गरेका ऋषिले कागको रुप धारण गरी बसेका थिए भन्ने धार्मिक मान्यता समेत रहेको छ । उत्तरबाहिनी नदीलाई पवित्र नदी मानिन्छ । यसले छोरा नहुने पुरुषले छोराको वर माग्ने, पितृलाई तर्पन दिने र मृतकका कपडा बगाउने गरिन्छ । छोराको वर माग्नेले बाइस धारामा नुहाएर बहेरे गोरुलाई पुज्ने र २२ जोर धजा चढाउने गर्दछन् । उत्तरगंगा बराह देवतालाई मागेको वर पुरा भएपछि, ढोरवराह थानमा भेडाको साँढको बलि दिने प्रचलन रहेको छ ।म्याग्दीको च्युरीबोटबाट आउनुभएका गोकुल घर्ती मगर र पोखराबाट आउनुभएका दलमान घर्ती मगर पुनले प्रसिद्ध ढोरबराह देवताले मनोकामना पूरा गरिदिने विश्वासले यहाँ पुजाआजा र दर्शन गर्न आएको बताउनुभयो । पर्यटकीय गन्तव्यसँगै धार्मिक रूपमा पनि परिचित ढोरपाटनमा उत्तरगंगा ढोरबराहसंगै रुद्रताल, छेन्टुङ गुम्बालगायतका मठमन्दिर छन् । तिब्बती शरणार्थीहरुको जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने उत्कृष्ट गन्तव्य पनि हो । उपत्यका पुग्ने अधिकांश पर्यटक घोडचडीमार्फत उपत्यकाको फन्को मार्ने र उपत्यकोको माथिल्लो भू-भाग ‘बुकीपाटन’सम्म पुग्ने गर्छन् । कुनै समय विदेशी शिकारी मात्रै पुग्ने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटक घुइँचो लाग्छ । वर्षेनी यहाँ आउने पर्यटक तथा भक्तजनको संख्या बढे पनि सडक स्तरोन्नति नहुंदा सास्ती व्यहोर्नुपर्ने बाध्यता रहेको छ ।रमणीय पर्यटकीय तथा धार्मिक स्थल ढोरपाटनको विकास र प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिएर पुर्वाधार निर्माण गर्न आवश्यक रहेको म्याग्दीको निस्कोटबाट घुम्न आउनुभएका साजन पुन मगर र रविचन्द्र पटेल तथा दरबाङबाट पुजाअर्चना गर्न आउनुभएकी सुनिता कंडेलले बताउनुभयो ।  
प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  २३:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP