शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भलिबल टिमकी कप्तान शाहीको सम्मानमा शालिक बनाइने
भलिबल टिमकी कप्तान शाहीको सम्मानमा शालिक बनाइने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २९, २०८२
Messenger_creation_E58BE546-BF98-4107-8EB7-424B5E4D4820
बेनी। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको सम्मानमा शालिक बनाइने भएको छ ।जिल्ला खेलकुद विकास समितिले शाहीको सम्मानमा शालिक बनाउने घोषणा गरेको हो । जिल्लाको रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मेकी शाहीले भलिबलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो योगदान पुर्‍याउनुभएको छ। त्यही योगदानको कदर गर्दै शालिक बनाइने घोषणा गरिएको हो ।शाहीले भलिबल खेल मार्फत जिल्ला र देशको गरिमालाई बढाउन र खेलकुद क्षेत्रमा पु¥याउनुभएको योगदानको सम्मानमा खेलकुद विकास समितिको जग्गा वा अन्य उपयुक्त स्थानमा शालिक बनाएर सम्मान गर्ने समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।   उहाँको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्ने लगायत थुप्रै उपलब्धि हात पारेको छ। सन् २०१३ मा राष्ट्रिय टिममा  प्रवेश गरेकी शाही डेढ दशकभन्दा बढी समयदेखि भलिबल खेलमा सक्रिय छिन् र गण्डकी प्रदेश टिमको कप्तानी समेत गर्नुभएको छ । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ पुरस्कार प्राप्त गर्नुभएको छ ।शालिक निर्माणको स्थान, लागत र अन्य विवरण छिट्टै सार्वजनिक गरिने समितिले जनाएको छ र यस अभियानमा स्वदेश तथा विदेशका भलिबलप्रेमीबाट सहयोगको अपेक्षा गरिएको छ। यसैबीच अरुणाको सम्मानमा बनाइने स्तम्भमा स्वदेश तथा विदेशमा रहेका संघसंस्था र खेलप्रेमीहरुको सहयोग समेत लिने योजना रहेको समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले जानकारी दिनुभयो । आर्थिक सहयोगदाताको नाम स्तम्भ आसपासमा शिलालेख बनाएर राखिने र अन्य तयारीका बारेमा थप जानकारी गराउने कोषाध्यक्ष मल्लको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १९:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP