शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा
र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १, २०८२
group
पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा दरिलो भएको धारणा राखिन् । “भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ” पोखरेलले भनिन्, “विशेष गरी पहाडे खसभाषीहरूको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिँजा उपत्यका रहेको कर्णाली क्षेत्र हरेक नेपालीका लागि पितृभूमि र सांस्कृतिक अवचेतनको आधारशिला हो ।” बुद्धिजीवी र लेखकहरूको नयाँ पुस्ताले कर्णालीलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने कार्यमा आफ्नो सिर्जनशीलता अर्पण गरिरहेको उनको भनाइ थियो । जुम्लामा जन्मेका लेखक माधव चौलागाईँको ‘सपादलक्ष कर्णाली’ लाई इतिहास, स्मृति र सम्भावनाको सशक्त दस्तावेज रूपमा पोखरेलले चित्रण गरिन् । तीन खण्डमा विभाजित कृतिलाई उनले ‘अग्र्यानिक स्वाद’ को कृतिका रूपमा व्याख्या गरिन् । कर्णालीप्रति चासो राख्ने पाठकहरूका लागि यो उपयुक्त कृतिका रूपमा सिफारिस गर्दै उनले यो कृति आम जनता, नेता र राज्यलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज भएको विचार राखिन् । लेखक माधव चौलागाईँले हरेक क्षेत्रको दुर्गम ठाउँलाई ‘कर्णाली’ भनिदिने चलनप्रति विमति राख्दै कर्णालीको विम्ब फेरिनुपर्ने जिकिर गरे । उनले कर्णाली सम्भावनाहरूको खानी भएको धारणा राखे । कर्णाली भनेको साविकको कर्णाली अञ्चल वा अहिलेको कर्णाली प्रदेश मात्र नभई समग्र कर्णाली सभ्यता भएको बताए । वर्तमान सङ्घीय संरचनामा पनि कर्णालीका नाममा विनियोजित बजेटको दुई तिहाइ हिस्सा कुनै निश्चित जिल्लामा मात्र सीमित हुनु सङ्घीयताको मर्मविपरीत हुने तर्क राख्दै त्यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । कर्णालीका संस्कृति, भूगोल र भाषासम्बन्धी आफ्ना विचारहरू राख्ने क्रममा कृति जन्मिएको उनको भनाइ थियो । कार्यक्रममा साहित्यकार सरुभक्तले आफू कर्णाली जाँदको अनुभव सुनाउँदै कर्णाली हिजो जस्तो आज नभएको र आजभन्दा भोलिका दिनमा थप विकसित हुँदै जाने अपेक्षा राखे । उनले कर्णालीका विषयमा लेखिएका कृतिहरूको लामो फेहरिस्त तयार पार्न सकिने भए पनि लेख्न सकिने विषय प्रशस्त भएको बताए । ‘सापदलक्ष कर्णाली’ ले कर्णालीबारे महŒवपूर्ण जानकारी दिने प्रतिक्रियासमेत दिए ।मेघनाथ कुँवर, सुरेश रानाभाट, विद्याविमल बराल, डिल्लीप्रसाद ढुङ्गाना, रेशम गिरी, रोशन तलिगोठ्याल, खिम लामिछाने, डा। रामचन्द्र बराल, भानुभक्त पोखरेललगायतले टिप्पणी गरेका कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि बौद्धिक बहस गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP