शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • घुम्ती शिविरबाट बेनी ,पोखरा र काठमाडौंमा बस्ने दुई सय ५४ जना मालिकाबासीले लिए सेवा
घुम्ती शिविरबाट बेनी ,पोखरा र काठमाडौंमा बस्ने दुई सय ५४ जना मालिकाबासीले लिए सेवा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ ६, २०८२
532705848_788492660198485_8685544761904505503_n
बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले कामाठौंमा साउन २७,२८ र २९ गतेसम्म  सञ्चालित शिविरमा ७५ , पोखराको नदीपुरामा ३१ साउन र भदौ १ गतेसम्म संचालित शिविरमा एक सय ६४ जना र भदौ २ गते बेनीमा संचालित शिविरमा १५ जनाले सेवा लिएका छन् । घुम्ती शिविरमा दुई सय ५२ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको नामावली नविकरण गरिएको छ । भने दुई जनाको नयाँ दर्ता भएको मालिका गाउँपालिकाको पञ्जिकरण शाखाको एम.आई.एस. अपरेटेर लालकुमारी रोका (सपना)ले जानकारी दिनुभयो । उहाँका अनुसार ,आगामी आर्थिक बर्षदेखि अस्थायी रुपमा आफू बसोबास गर्ने सम्बन्धित वडा कार्यालयबाट भत्ता नविकरण गराउनको लागि सामाजिक सुरक्षा परिचयपत्र नम्बर सहितको निस्सा समेत प्रदान गरिएको छ। गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको नेतृत्वमा अपरेटर रोका, अध्यक्षका स्वकीय सचिव मिम गर्बुजाको टोलीले सेवा दिनुभएको थियो । गाउँपालिकामा नाम भएपनि बजारमा बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै सहर झरेका हुन् ।जेष्ठ नागरिक, अशक्त र अससायहरुलाई लक्षित गरेर उनिहरु बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा दिएको गाउँपालिकाका गर्बुजाले बताउनुभयो । यसअघि धवलागिरी गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा घुम्ती शिविर मार्फत बजारमा बस्ने छ सय २३ जना लाभग्राहीहरुलाई सेवा दिएको थियो ।गत आर्थिक वर्षमा मालिकाका तीन हजार एक सय ४५ जनालाई ११ करोड २४ लाख ८१ हजार दुई सय ७६ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाईसराई गरेका छैनन् । गत आर्थिक वर्षमा मालिकामा आठ परिवार बसाई गरेर आउँदा ३९ परिवार गएका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १८:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP