शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा रोपाइँ नाच
बेनीमा रोपाइँ नाच
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ ७, २०८२
Oplus_16777216
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् । नेपाल भाषाः मंका खलःको आयोजनामा बजारमा रोपाइँ नाच प्रदर्शन गरिएको हो । असारे गीतमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नाच प्रस्तुत गरे । असारे गीतको भाका र संगीतले दिभर बजार गुञ्जायमान भएको थियो ।      असारे भाकाको गीत गाउँदै विभिन्न भेषमा सजिएका दुई सयभन्दा बढी कलाकारहरुले बजारमा रोपाइँ नाच प्रदर्शन गर्दा रौनकता छाएको थियो । नाच अवलोकन गर्न बजारवासीको भिड लागेको थियो ।धान रोप्ने, हलो जोत्नेदेखि बाउसे गर्ने र रोपाहारले धान रोप्ने सम्मका अभिनय प्रस्तुत गरेका थिए । सानासाना बालबालिकाहरु पनि जातिय भेषभूषामा सजिएर रोपाहर र बाउसेको अभिनय गरेका थिए । असारे भाकाको गीत र संगीतमा कलाकारहरु छमछमी नाचेका थिए । गाउँका विशिष्ट व्यक्तिको खेतमा हुने रोपाइँको झल्को रोपाइँ नाचमा प्रस्तुत गरिएको थियो । पुरुषहरु महिलाको पोसाक लगाएर नाचेका थिए ।नाचमा नेवार समुदायका साथै अन्य जातिजातिका युवा–युवतीहरुको सहभागिताले नाचलाई समावेशी बनाएका थियो । नेवार समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको रोपाइँ नाचको संरक्षण र पुस्तान्तरणका लागि नाचलाई निरन्तरता दिइएको नेपाल भाष मंकाः खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘परम्परागत रुपमा बेनीमा देखाइने बर्खे नाच अन्तर्गत रोपाइँ नाच मौलिक संस्कृतिका रुपमा रहेको छ । रोपाइँ नाचमा धेरै कलाकारहरुको आवश्यकता पर्दछ । पछिल्ला केही वर्ष यता संस्कृति संरक्षणमा युवापुस्ताको साथ र सहयोगले बर्खेनाचलाई निरन्तरता दिन सकेका छौं ।’’ रोपाइँ नाच नेवार समुदायको मौलिक संस्कृति भएकाले यसको संरक्षण र प्रवर्धनका लागि युवाहरुलाई प्रशिक्षण र तालिम दिएर संस्कृतिको पुस्तान्तरण गर्ने प्रयास गरेको मंकाःखल : अन्तर्गतको युवारुको समूह ल्यामः पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिनुभयो ।   लोप हुन लागेको नेवारी समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको बर्खेनाचलाई युवाहरुको सक्रियतामा जिवन्त राख्ने कोशिस गरिएको उहाँको भनाइ छ । बजारमा रोपाइँ नाच प्रदर्शन भएपछि बजारवासीहरुले निकै चासो दिएर अवलोकन गरेका थिए । बेनीमा नेवार समुदायले एक महिनासम्म बर्खे नाचअन्तर्गत विभिन्न नाचहरु प्रदर्शन गर्ने प्रचलन छ । हरितालिका तीजका दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खे नाच समापन गरिने नेपाल भाषाः मंका खलका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।     
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०९:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP