शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाद्वारा पात्लेखेत पहिरोको निरीक्षण
उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाद्वारा पात्लेखेत पहिरोको निरीक्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ ७, २०८२
IMG_9736
म्याग्दी । सङ्घीय सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बीर´ले गृह जिल्ला म्याग्दीको बेनी नगरपालिका-१०,स्थित बान्द्रेखाल्टी र पाखा पहिरोको स्थलगत निरीक्षण गर्नुभएको छ ।शनिबार राज्यमन्त्री गर्बुजाले निरीक्षण गर्नुभएको हो । निरीक्षणमा स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी ,कांग्रेस प्रदेशसभा क्षेत्र(क) का सभापति ओम छन्त्याल ,रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,बेनपा -९का वडा अध्यक्ष चक्र केसी  लगायत नेता तथा कार्यकर्ता र सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीका प्राविधिक टोली सहभागी थिए । वडा अध्यक्ष मसवीर रोका,बेनी नगरकार्यपालिका सदस्य निर्मला मल्ल लगायतले राज्यमन्त्री गर्बुजालाई पहिरोले पुर्याएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।विक्रम संवत् २०६९ सालदेखि गाउँको पुछारबाट  पहिरो जान थालेपछि  सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । भिरालो अनि कमजोर भूगोलको कारण पहिरो जाने क्रम रोकिएको छैन । धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले सात सय रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिनुभयो । बान्द्रेखाल्टी र पाखा पहिरोपहिरोको कारण हरि गर्बुजा ,खम्बी गर्बुजा ,यामबहादुर राम्जाली र लालबहादुर हमाल विस्थापित हुनुभएको बेनी नगरपालिका कार्यपालिका सदस्य समेत रहनुभएकी स्थानीय निर्मला मल्लले जानकारी दिनुभयो  । उहाँका अनुसार,उक्त पहिरो गोकुल शर्मा ,केदार सुवेदी ,नरबहादुर मल्ल ,जागेश्वर रिजाल ,धनबहादुर मल्ल ,अर्जुन पराजुली ,मनबहादुर रावत,टीका गिरी र कमल मल्लको घर उच्च जोखिममा परेका छन् । भने बान्द्रेखाल्टी पहिरोले ३५ घरधुरी जोखिममा परेका छन् । भने पाखा पहिरोबाट  २८ घरधुरी बढी जोखिममा परेका छन् । वि.सं २०७२ मा गएको भूकम्पको कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयवासी सुवेदीले बताउनुभयो । भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगंगा नदिनको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । अहिले यहाँका करिब तीस जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य समिन पूरै पहिरोले बगाएको छ । रोकथामको लागि वडाबाट ग्यावियन पर्खाल निर्माण गरिए पनि गत महिनाको पहिरोले बगाएको छ ।यसअघि पनि विभिन्न निकायबाट रोकथामका लागि काम भएनी सफल हुन सकेन ।भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । खेतबारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर, आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् ।पहिरो निरीक्षण पछि राज्यमन्त्री गर्बुजाले  दीर्घकालीन रोकथामका लागी पक्की पर्खाल सहितको पुर्वाधार संरचना निर्माण गर्न बजेट व्यवस्थापनको लागि पहल गर्ने बताउनुभयो ।  
प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  २०:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP