शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा पहिलो पटक विद्युत वितरण प्रणालीको स्तरोन्नतीलाई दश करोड बजेट
म्याग्दीमा पहिलो पटक विद्युत वितरण प्रणालीको स्तरोन्नतीलाई दश करोड बजेट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ ८, २०८२
minister and dg
बेनी । संघीय सरकारका उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा म्याग्दीमा पहिलोपटक विद्युत विरतण प्रणालीको स्तरोन्नती हुने भएको छ ।राज्यमन्त्री गर्बुजाले जिल्लामा विद्युत आपुर्तिलाई नियमित र भरपर्दो बनाउन पहिलो पटक विद्युत वितरण प्रणाली स्तरोन्नी योजना संचालनका लागि करिब दश करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त भएसँगै उहाँले म्याग्दीमा अनियमित विद्युत आपुर्तिमा चासो दिनुभएको थियो । स्तरोन्नती पछि म्याग्दीमा विद्युत आपुर्ति नियमित र भरपर्दो हुनेमा विश्वास व्यक्त गर्नुभयो । ‘म्याग्दीमा अनियमित विद्युत आपुर्तिका कारण जिल्लाबासी मारमा पर्दै आएका छन् । जिल्लाबासीको समस्या समाधान गर्न  वितरण प्रणालीमा सुधार गर्न बजेट व्यवस्थापन भएको छ । स्तरोन्नती भएपछि विद्युत आपुर्ति नियमित हुनेमा विश्वास लिएको छु ,’उहाँले भन्नुभयो ।जलविद्युत आयोजनाको हिसाबले देशकै अग्रणी स्थानमा भएतापनि म्याग्दी जिल्लामा विद्युत्को आपूर्ति भरपर्दो नभएकोमा उहाँको ध्यानाकर्षण हुँदै आइरहेको थियो । यो पनि पढ्नुहोस्...https://www.facebook.com/share/p/16qJNqA2Ji/ मन्त्रालयले वितरण प्रणाली स्तरोन्नतीलाई प्राथमिकता दिएर नेपाल प्राधिकरण मार्फत कार्यक्रम संचालन थालेको राज्यमन्त्री गर्बुजाको भनाइ छ । जिल्लामा विद्युत वितरण प्रणालीको स्तरोन्नतीका लागि ठूलो लगानीको आवश्यकता रहेकोमा हाल विनियोजित  दश करोड बजेटबाट प्राथमिकताका आधारमा स्तरोन्नतीको योजना संचालन हुने उहाँले जानकारी दिनुभयो ।म्याग्दीबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले थप्नुभयो , ‘यसअघि २२० केभी क्षमताको कालिगण्डकी प्रसारण लाइन निर्माण भएपछि राष्ट्रिय प्रसारण गि«ड सँगको सम्पर्क सहज भएको छ । अन्तिम चरणमा पुगेको निर्माणाधिन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माण समापन भएपछि प्रसारण क्षमता सुदृद हुन्छ । सोही बमोजिम मन्त्रालयले वितरण प्रणालीलाई प्राथमिकता दिएर नेपाल विद्युत प्राधिकरण मार्फत कार्यक्रम संचालन थालेको छ ।’’ उहाँले जिल्लाको दुर्गम गुर्जा बाहेकका केही बस्तीमा संचालित विद्युतिकरण विस्तार योजनालाई पुर्णता दिन बजेट प्रयोग हुने बताउनुभयो । भौगोलिक रुपमा दुर्गम बस्ती गुर्जामा विद्युत विस्तार योजना संचालनको लागि बजेट व्यवस्थापनको गर्ने गरी लागि परेको उहाँको भनाइ छ ।गुर्जा बाहेकका सबै बस्तीमा विद्युत विस्तारको योजना संचालन भइरहेको छ । म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७,डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३,अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ । म्याग्दीको विद्युत् वितरण प्रणालीको स्तरोन्नति कार्य कार्यक्रम नै बनाएर सम्भवतः अझै सम्म नभएकोले यो वर्षको स्विकृत कार्यक्रम ऐतिहासिक सुरुवात भएको  राज्यमन्त्रीका निजी सचिव इन्जिनियर विनोद शर्माले बताउनुभयो।  उहाँका अनुसार, स्तरोन्नती आयोजना अन्तर्गत एलटी,एचटी लाइन निर्माण, ईन्सुलेटेड तार जडान ,तारको क्षमता विस्तार गर्ने ,ट्रान्सफर्मर थप जडान सहित क्षमता विस्तार गर्ने लगायत काम हुने छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २१:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP