शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा बीस वर्षपछि ‘धानको बाला नाच’ प्रदर्शन
बेनीमा बीस वर्षपछि ‘धानको बाला नाच’ प्रदर्शन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ ११, २०८२
nach beni
म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको वर्षौं पुरानो मौलिक संस्कृतिका रुपमा रहेको धानको बाला नाच प्रदर्शन गरिएको छ । हरितालिका तीजको अवसर पारेर नेवार समुदायका युवाहरुको नेतृत्वमा २० वर्षपछि धानको बाला नाच प्रदर्शन गरिएको हो ।धानको बाला नाच बेनीका नेवार समुदायको करिब चारसय वर्ष पुरानो माौलिक संस्कृति हो । पछिल्लो समय युवाहरुको सक्रियतामा धानको बाला नाच प्रदर्शन गरिएको नेवार समुदायका अगुवा अम्बि श्रेष्ठले बताउनुभयो । मङ्गलबार प्रदर्शन गरिएको नाचमा बेनी नगरपालिका– ७, का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जोक्करको भूमिका निर्वाह गर्नुभएको थियो ।मुखिया, लाहुरे र जोक्करको भेषमा सजिएका कलाकारहरु धानको बाला गीत गाउँदै नाचेका थिए । जातीय भेषभूषामा सजिएका अन्य कलाकारहरुले धानको बाला लहरीबरी देशै रमाइलो भन्दै गीत गाएका थिए भने युवायुवतीहरु नाचेका थिए । केटाले : यो तीजमा भयौं भेट,कति राम्री गोरी, लाने भयौं,मनै चोरी कसकी होला छोरी ? केटी : हेर्दा झिल्के बानी मिलेको छैन चिनजानी झुक्काएरै, लाइदियौं कि, माया र मोहनी । जस्ता गीत गाउँदै बजारमा ५० भन्दा बढी कलाकारहरुले गीत र संगीतको तालमा नाच्दै बजार परिक्रमा गर्दा सांस्कृतिक रौनक छाएको थियो ।नेवार समुदायले देखाउने बर्खे नाचअन्तर्गत धानको बाला नाच मौलिक संस्कृति भएकाले यसको संरक्षण र पुस्तान्तरण आवश्यक भएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।नेवार समुदायले एकमहिना अवधिभर प्रदर्शन गर्ने बर्खे नाचअन्तर्गत धानको बाला नाच पनि पुरानो मौलिक नाच भएकाले नाचको संरक्षणका लागि २० वर्षपछि प्रदर्शन गरिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘धानको बाला नाच नेवार समुदायको मौलिक संस्कृतिभित्र पर्दछ । यो नाच करिब चारसय वर्ष पुरानो हो । पहिला वार्षिक रुपमा निकाल्ने गरिन्थ्यो । पछिल्लो दुई दशक यता कलाकारहरुको अभावका कारण देखाउन छाडिएको थियो । यो वर्ष युवाहरुको सक्रियतामा २० वर्ष पछि प्रदर्शन गरिएको छ जसले संस्कृति पुस्तान्तरणमा टेवा पुग्छ ।’’बजारमा धानको बाला नाच प्रदर्शन भएपछि अवलोकन गर्नेहरुको निकै भिड लागेको थियो । तीजको दिन पारेर युवाहरुले बजारमा लाखे नाच समेत प्रदर्शन गरेका छन् । तीजका दिनमा मङ्गलबार साँझ दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित एकमहिने बर्खे नाच समापन गरिएको नेपाल भाषाः मंका खलका अध्यक्ष श्रेष्ठले बताउनुभयो । गोरखापत्र अनलाइन
प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP