शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रातो च्याउको माग उच्च
रातो च्याउको माग उच्च
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ १२, २०८२
mushroom-chyau
म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आउनुभएका रघुगङ्गा गाउँपालिका–८, कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ल्याएको २० किलो रातोच्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर किन्नु भएको उहाँले बताउनुभयो । “गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिने रातो च्याउ सडक तथा यातायातको सुविधासँगै सहर, बजारमा पुग्न थालेको छ”, छन्त्यालले भन्नुभयो, “खोज्न सक्नुपर्‍यो च्याउ जति पनि बिक्री हुन्छ ।” उहाँका अनुसार समुन्द्री सतहबाट तीन हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा बर्खायाममा आफैँ उम्रने रातोच्याउ तरकारीका रूपमा उपभोग हुन्छ । बेनीमा ताजा रातो च्याउ प्रतिकिलो एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाइएको प्रतिकिलो रु चार हजारदेखि रु पाँच हजारसम्म पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जाका भविन छन्त्यालले बताउनुभयो । सबैभन्दा बढी जङ्गली च्याउ टिपेर बजारमा बेच्ने गुर्जाका बासिन्दा हुन् । गुर्जाका बासिन्दाले च्याउ बेचेर वार्षिक रु दुई–तीन लाखसम्म आम्दानी गर्ने उहाँले जानकारी दिनुभयो ।रातो च्याउ स्वादीलो र पोषिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने बेनीकी होटल व्यवसायी नौलीमाया पुनले बताउनुभयो । रातो च्याउमा प्रोटिन र विभिन्न आवश्यक तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउखेती प्रविधि पुस्तिकामा उल्लेख छ ।रातो जङ्गली च्याउ उम्रिन निश्चित तापक्रम र आद्र्रता चाहिन्छ । मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । म्याग्दीको गुर्जा, लुलाङ, मुदी, चिमखोला, मुना, कुइने, मङ्गले, घ्याँसीखर्क, राम्चे, घोडेपानीलगायत माथिल्लो भेगका बस्ती तथा जङ्गलमा रातोच्याउ व्यापारिक रूपमा सङ्कलन हुन्छ । “जङ्गलबाट टिपेको च्याउ छिट्टै बिग्रने भएकाले सङ्कलकहरूले टुक्रा पारेर घाममा सुकाउँछन् । घाम नलागेका बेला भने अँगेनाको माथि भार बनाइ भकारी राख्ने र त्यसैमाथि च्याउ राखेर ताप र धुवाँले सुकाउँछन्”, पुनले भन्नुभयो ।डिभिजन वन कार्यालयका अनुसार म्याग्दीका जङ्गलबाट वार्षिक ३० क्विन्टल रातो च्याउ उत्पादन हुन्छ । जिल्ला बाहिर बिक्रीका लागि पठाउँदा च्याउमा वनले प्रतिकिलो  १० रूपैयाँका दरले राजस्व लिने गरेको छ । जिल्लाभित्र च्याउ सङ्कलन र बिक्रीका लागि अनुमति चाहिँदैन । सहर, बजारमा बस्ने लेकाली तरकारीको स्वाद नबिर्सेका उपभोक्ताले गाउँबाट रातो च्याउ किनेर लैजाने वा आफन्तमार्फत मगाउने व्यवसायी छन्तयालले बताउनुभयो ।“रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । बस्तीबाट टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन्छ, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने हुँदैन”, उहाँले भन्नुभयो । रासस  
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १४:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP