शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माओवादीले म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, किसान माओवादीमा फर्किए
माओवादीले म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, किसान माओवादीमा फर्किए
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ १४, २०८२
Kumar kisan
बेनी । नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ ।बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा दुई वटा समूह बनाएर भदौ १५ देखि तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संगठन सुदृढीकरण, सदस्यता नविकरण, विस्तार, वडा र टोल स्तरमा पार्टीको कमिटि निर्माण, जनवर्गीय संगठनको भेला, सम्मेलन, स्थानीयबासीसँग भेटघाट गरि आवश्यकता, समस्या पहिचान र समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिने माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसीले जानकारी दिनुभयो । “समसायिक राजनीतिक घटनाक्रम र पार्टीले लिएको शुसासन तथा भ्रष्ट्राचार विरुद्धको नीतिको बारेमा जनतासम्म सन्देश पु¥याउने र जनसम्बन्ध सुढृढीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेका हौ,” उहाँले भन्नुभयो “अभियान लिएर म्याग्दी, कालीगण्डकी र रघुगङ्गा बेसीनका छ वटै स्थानीय तहको ४५ वटै वडामा पुग्ने गरि नेताहरुको जिम्मेवारी तोकिएको छ ।” माओवादी नेतृत्वको सरकार, पार्टीका नेता र जनप्रतिनिधीहरुको पहलमा म्याग्दीमा भएका विकास गतिबिधिहरुको बारेमा जानकारी गराउने तथा थप गर्नुपर्ने कामको पहिचान पनि गरिने संयोजक केसीले बताउनुभयो । प्रदेशसभा क्षेत्र (१) मा पर्ने बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा जिल्ला इञ्चार्ज तथा केन्द्रिय सदस्य गोविन्द पौडेल र क्षेत्र (२) मा वैकल्पिक केन्द्रिय सदस्य तथा प्रदेश सांसद रेशम बहादुर जुग्जाली (सुविन)को नेतृत्वमा अभियान सञ्चालन हुने जनाइएको छ । अभियानका क्रममा युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अखिल नेपाल महिला संघ क्रान्तिकारी, दलित, मगर लगायत जनसंगठनको भेला, बैठक, सम्मेलन पनि गरिने माओवादी केन्द्र म्याग्दीका सचिव कुशल पौडेलले जानकारी दिनुभयो । बैठकमा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैह्ै (अनिल)ले माओवादी नेतृत्वको सरकारले भ्रष्ट्राचारीहरुलाई कारबाही गर्न थालेपछि काँग्रेस र एमालेको गठबन्धन बनेको बताउदै शुसाषनको मुद्दा लिएर जनतामा जान आग्रह गर्नुभयो । केन्द्रिय सदस्य पौडेलले चित्त नबुझेको विषयमा पार्टीभित्र छलफल गर्न पाउने भएपनि नेतृत्व र पार्टीका विरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिने र गतिबिधी चलाउन पछिल्लो बैठकले रोक लगाएको विषयमा नेता कार्यकर्ताहरुलाई सचेत हुन आग्रह गर्नुभयो । सो बैठकमा नेकपा एमालेका पुर्व प्रदेश कमिटि सदस्य कुमार थापा (किसान) माओवादी केन्द्रमा फर्कनुभएको छ । बेनी नगरपालिका–३ भकिम्लीका कुमार एमाले र माओवादीको एकतापछि बनेको नेकपा विभाजनका क्रममा एमालेमा जानुभएको थियो । कुमारलाई माओवादीले प्रदेश कमिटिको जिम्मेवारी दिएको छ । बैठकमा छ वटै स्थानीय तहका अध्यक्ष तथा ईञ्चार्जहरुले रिपोटिङ गर्नुभएको थियो । धवलागिरीका रिमप्रकाश थापा, मालिकाका अनुप गौचन, मंगलाका कुलबहादुर पुन, रघुगङ्गाका भविन्द्र शेरपुञ्जा, अन्नपूर्णका इञ्चार्ज बागबिर पाइजा र बेनी नगरपालिकाका अध्यक्ष नगेन्द्र केसीले रिपोर्ट पेश गर्नुभएको थियो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम जुग्जाली, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, वाइसीएलका केन्द्रिय सदस्य केन खत्री, जिल्ला संयोजक सन्दिप खत्री, प्रदेश कमिटि सदस्य पदम किसान, पदम पुनले बैठकका विषयबस्तुमा आफ्ना धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १६:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP