शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चीनियाँ पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीको अडान : लिपुलेक नेपालको हो, भारत–चीन सम्झौतामा आपत्ति छ
चीनियाँ पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीको अडान : लिपुलेक नेपालको हो, भारत–चीन सम्झौतामा आपत्ति छ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ १४, २०८२
PM_Oli_and_Xi_Chin_Ping
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास भएर हालै भारत र चीनबीच भएको व्यापार सम्झौतामा आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको सामूहिक भेटमा चीन–भारतबीचको व्यापार सम्झौतामा आपत्ति जनाउँदै लिपुलेक, लिम्पियाधुरा नेपालकै रहेको स्पष्ट पारेको https://www.lokaantar.com/story/297857/2025/8/30/politics/pm-oli-ले यो समाचार लेखेको छ । भ्रमणमा जानुअघि राष्ट्रपति सीसँगको एकल भेटमा सीमाको विषय उठाउने भनिएको थियो । तर, प्रधानमन्त्री ओलीले चीनको थियानजिन अतिथि गृहमा शनिबार भएको द्विपक्षीय सामूहिक भेटवार्तामै यो कुरा उठाएको भ्रमणमा सहभागी एक अधिकारीले जानकारी दिए । उनले ऐतिहासिक तथ्य र पुरानो नक्साले लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्ने विषय पुष्टि भइसकेको विषय रहेको स्पष्ट पारे । भारत र चीनबीच युद्ध हुँदा त्यो भूमिमा भारतले अस्थायी रूपमा फौज राख्न अनुमति मागेको र त्यही अनुरूप त्यतिबेला अनुमति दिइएको प्रधानमन्त्री ओलीले चिनियाँ पक्षलाई जानकारी गराए । ‘त्यो भूमि भारतको होइन नेपालको हो । लिपुलेक पास हुँदै चीन र भारतबीच हालै भएको व्यापार सम्झौताप्रति हाम्रो आपत्ति छ । कुनै पनि देशको जनसंख्या र भूगोल ठुलो(सानो हुन सक्छ तर, सार्वभौम सत्ता जुनसुकै देशको बराबर हुन्छ । यो कुरा हाम्रा छिमेकीले बुझिदिनुपर्छ । चीन र भारतबीच भएको उक्त व्यापार सम्झौता फिर्ता हुनुपर्छ । त्यो फिर्ता गर्न चीन तयार हुन पर्छ’, प्रधानमन्त्री ओलीले चिनियाँ पक्षसँगको भेटमा भने । प्रधानमन्त्री ओलीले सीमा विवादमा कुनै पनि देशको स्वीकृतिविना कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे । ‘नेपालको भूमि लिपुलेक लिम्पियाधुराबारे पनि नेपाललाई थाहा नदिइकनै अरु कुनै पनि देशले नेपालको भूमिबारे सम्झौता गर्न सक्दैनन् । म यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु’, प्रधानमन्त्री ओलीले भने । केही समय पहिले नेपालका दुई छिमेकी राष्ट्र भारत र चीनले लिपुलेक पास हुँदै दुई देशबीचको व्यापार सम्झौता गरेका थिए । जसबारे सरकारले कूटनीतिक नोट समेत पठाएको थियो भने सदनमा समेत आवाज उठेको थियो ।  
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १७:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP