शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीबाट दुई जना युवा सम्पर्कविहिन
बेनीबाट दुई जना युवा सम्पर्कविहिन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ १६, २०८२
kumar and hari mising
म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा शनिबार रातिदेखि दुई युवा सम्पर्कविहिन हुनुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको हो । सम्पर्कविहिन हुनुभएका दुवैजनाको अवस्था अझै अज्ञात रहेको छ ।शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीको रुपमा कार्यरत एक कुमार र बेनीको एक स्टोर्ष पसलमा लेखाको हिसाबकिताबको काम गर्ने हरि नाताले उहाँहरू  दाजुभाइ पर्नुहुन्छ । दुबै जनाले बेनी स्थित एक होटलमा खाना खाएपछि बाइक चढेर निस्कीएको पत्ता लागेपनि त्यसलगत्तै उहाँहरू आफ्नो कोठामा नपुगेको र मोवाइल फोन समेत एकैसाथ स्विच अफ भएपछि आफन्तले आइतबार  खोजविनका लागि प्रहरीमा निवेदन दिनुभएको थियो । सम्पर्कविहिन भएको समयमा सम्भावित ठाउँका सिसिटिभी क्यामेराले देखाएको दृष्यको आधारमा रिजालद्धय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण चक्रपथ (रिङरोड) तर्फ मोडिएको देखिएको र उक्त मोटरसाइकल सो समयमा कालीपुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानको आधारमा खोजी थालिएको प्रहरीले जनाएको छ । ‘‘शनिबार राति १०ः५५ बजेको समयमा बेनी स्थित एक होटलमा खाना खाएर मोटरसाइकल चढेर निस्किएको सिसिटिभी क्यामेरामा देखिन्छ । दुई युवा चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्मित चक्रपथतर्फ मोडिएको सिसी क्यामेराले देखाएको छ । लगत्तै १०ः ५८ को समयमा मोवाइल फोन समेत स्विच अफ भएको छ ,’’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले भन्नुभयो। रिजालद्धयको अन्य माध्ययमबाट खोजतलास  गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उहाँहरु सम्पर्क विहिन भएको समयमा अविरल बर्षा भएको र बाइकको गति तीब्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानको आधारमा सोमबारदेखि कालीगण्डकी नदी किनारमा खोजी सुरु गरिएको छ ।मोटरसाइकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको र रातको समयमा प्रत्यक्षदर्शी समेत नभएको हुँदा सम्पर्कविहिन हुनुभएका दुबै जनाको अवस्थाबारे एकिन गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । सोमबार दिनभर नेपाल प्रहरी, शसस्त्र प्रहरी र वेपत्ता युवाहरुको आफन्तहरुको टोलीले नदीको किनारमा खोजी गरेपनि दुई युवासंगै उहाँहरु सवार रहेको मोटरसाइकलको अवस्था पत्ता लाग्न सकेको छैन। रिजालद्धयको आफन्तले कुनै कारणबस मोवाइल फोन अफ गरेर बसेको भए छिटो सम्पर्कमा आउन अनुरोध गरेका छन भने दुर्घटनाको भवितव्यमा परेको हुनसक्ने भएकाले कालीगण्डकी नदीमा खोजी कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  २२:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP