शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बानियाँ बन्धु समाज म्याग्दीको अध्यक्षमा शिव बानियाँ निर्वाचित
बानियाँ बन्धु समाज म्याग्दीको अध्यक्षमा शिव बानियाँ निर्वाचित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ १६, २०८२
IMG_4175
म्याग्दी । बानियाँ बन्धु समाज जिल्ला समिति म्याग्दीको शनिवार बेनीमा ३०औं वार्षिक साधारणसभा तथा १२औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शिव बानियाँको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय बानियाँ बन्धु समाज म्याग्दीको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।अधिवेशनबाट समाजको उपाध्यक्षमा गणेशबहादुर बानियाँ, सचिवमा सुरतबहादुर बानियाँ, कोषाध्यक्षमा जगतबहादुर बानियाँ र सहसचिवमा विष्णुबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा दिनेश बानियाँ, भेषबहादुर बानियाँ, तेजबहादुर बानियाँ, ज्ञानेन्द्रबहादुर बानियाँ, लोकबहादुर बानियाँ, विशाल बानियाँ, नारायणबहादुर बानियाँ, यामबहादुर बानियाँ र रेशमबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै बानियाँ बन्धु समाजका केन्द्रीय अध्यक्ष नरबहादुर बानियाँ बिसीले केन्द्रीय समितिमार्फत अहिले बानियाँहरुको वंशघर निर्माणकार्यको योजना अगाडि सारिएको हुँदा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले वंशघर निर्माणसम्पन्न भएपछि त्यसमा बानियाँहरुले समाज रुपान्तरण तथा परिवर्तनमा पु¥याएको योगदान झल्कने खालका सामग्रीहरु सङ्ग्रह गरेर राखिने बताउँदै वंशघर निर्माणको क्रममा देशभर छरिएर रहनुभएका सबै बानियाँ बन्धुहरुले थोरै भए पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँ र ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बन्धु दाजुभाइहरुको बीचमा आपसी समन्वय, सद्भाव, सहकार्य तथा एकता हुनुपर्ने बताउनुभयो । वडाध्यक्षद्वय बानियाँले समाज रुपान्तरण र पछाडि परेकाहरुको उत्थान गर्नका लागि बानियाँ बन्धु समाज अग्रसर भएर लाग्नुपर्ने भन्दै बानियाँ बन्धु समाज केन्द्रीय समितिले बनाउन लागेको केन्द्रीय कार्यालय भवनको निर्माणमा सबै बन्धुहरुले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । बानियाँ बन्धु समाजका केन्द्रीय सदस्य एवं बानियाँ वंशघर निर्माण समितिका संयोजक गोपाल बानियाँ र बेनी नगरपालिका ५ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष लक्ष्मण बानियाँले समाज विकास तथा परिवर्तनमा बानियाँहरुले विशेष भूमिका खेल्नुपर्ने बताउनुभएको थियो । सोही अवसरमा बानियाँ बन्धु समाजका केन्द्रीय अध्यक्ष नरबहादुर बानियाँ बिसीले आफ्ना स्वर्गीय पिता जितबहादुर बानियाँको स्मृतिमा लेख्नुभएको ‘कोटघरे काइँला’ नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो । अधिवेशनको उद्घाटनसत्रमा समाजका अध्यक्ष शिव बानियाँले संस्थागत, निवर्तमान सचिव योगेन्द्रबहादुर बानियाँले प्रगति र कोषाध्यक्ष मञ्जु घिमिरे बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष बानियाँको अध्यक्षता, उपाध्यक्ष गणेशबहादुर बानियाँको स्वागत र सचिव योगेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो भने लेखक अजयमिलन श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको बन्दसत्र निर्वाचन समितिका संयोजक मोहन बानियाँले संयोजन गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  २२:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP