शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आनन्दबगरमा मोटरसाइकलको ट्याङ्की फेला
आनन्दबगरमा मोटरसाइकलको ट्याङ्की फेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ १७, २०८२
bike tanki
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,आनन्दबगर कालिगण्डकी नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएको छ । शनिबार रातीदेखि बेनीबाट सम्पर्कविहिन हुनुभएका भगवतीका एककुमार रिजाल र जामुनाखर्कका हरिप्रसाद शर्मा ( रिजाल) बेनीबजारको कालिगण्डकी नदीमा निर्मित चक्रपथ ( रिङरोड)बाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यमा जुटेका आफन्त र प्रहरीको टोलीले पल्सर १५० सिसी मोटरसाइकलको ट्याङ्की फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको थियो । यो पनि पढ्नुहोस... [embed]https://myagdinews.com/2025/09/82581/[/embed] ‘‘शनिबार राति १०ः५५ बजेको समयमा बेनी स्थित एक होटलमा खाना खाएर मोटरसाइकल चढेर निस्किएको सिसिटिभी क्यामेरामा देखिन्छ । दुई युवा चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्मित चक्रपथतर्फ मोडिएको सिसी क्यामेराले देखाएको छ । लगत्तै १०ः ५८ को समयमा मोवाइल फोन समेत स्विच अफ भएको छ ,’’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक पौडेलले भन्नुभयो। सडकबाट दुर्घटना भएर कालीगण्डकी नदीमा खसेको हुन सक्ने आशंकामा खोजी गर्ने क्रममा मंगलबार सांझ नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएपछि वार कोर्ड मार्फत पुष्टि गर्ने काम भइरहेको सूचना अधिकारी प्रनि पौडेलले बताउनुभयो । एककुमारका भान्जा पर्ने कृष्ण शर्मा र हरिका आफन्तका अनुसार, उक्त रात दुवैजना हरिको मोटरसाइकलमा चढेर होटल जानुभएको थियो । सम्पर्कविहिन हुनुभएका हरिले पनि १५० सिसिको मोटरसाइकल चलाउदै आउनुभएको थियो । सिसीटिभी फुटेज र घटनास्थलको आशंका गरिएको स्थानमा मङ्गवार जुत्ता र हेल्मेटको सिसा भेटिएको छ । सम्पर्कविहिन भएका दुवै जनाको खोजीका लागि कालीगण्डकी नदीमा आजबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।  
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २१:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP