शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल निजामती कर्मचारी युनियन म्याग्दीद्धारा स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न सामाग्री सहयोग(तस्बिर/भिडिओ)
नेपाल निजामती कर्मचारी युनियन म्याग्दीद्धारा स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाद्यान्न सामाग्री सहयोग(तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, भदौ १९, २०८२
photo of help
म्याग्दी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।कर्माचारी युनियनको ३६ औं स्थापना दिवसको अवसरमा विहिबार बेनी नगरपालिका –५,बगुवाखोला स्थित बाल जागृती आधारभुत विद्यालयमा संचालित बौद्धिक अपाङ्गता स्राेत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री सहयोग गरेको हो । विद्यालय अन्तर्गत बौद्धिक अपाङ्गता छात्रावास परिसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी ,कांग्रेस प्रदेश सभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुन ,नेपाल निजामति कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुमन सुवेदी लगायतले विद्यालयका प्रअ धनबहादुर क्षेत्री र विद्यार्थीहरुलाई उक्त खाद्यान्न सामाग्री वितरण गर्नुभएको हो । उपसभापति भण्डारीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कर्मचारी युनियनले गरेको सहयोग प्रशसंनीय रहेको बताउनुभयो । अपाङ्गता भएका बालबालिकाको शिक्षा ,स्वास्थ्य लगायत आधारभुत क्षेत्रमा अभिभावक ,समाज र राज्य थप जिम्मेवार हुनुपर्ने बताउनुभयो । कर्माचारीहरुको पेशागत हकहितको संरक्षण र प्रवद्र्धनमा युनियनको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै उपसभापति भण्डारीले राजनितिक दल र कर्मचारीहरुको सहकार्यमा सार्वजनिक प्रशासनलाई थप सुदृढ र गतिशिल बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले ब्यानर पढेर उद्घाटन गर्नुभएकाे थियाे ।हरेक वर्ष विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउदै आएकोमा यस वर्ष पनि फरक क्षमताका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई केही सहयोग पु¥याउने उद्धेश्यले बीस हजार रुपैयाँ बढीको चामल ,तेल लगायत सामाग्री वितरण गरिएको कर्मचारी युनियन म्याग्दीका अध्यक्ष सुमन सुवेदीले बताउनुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/LdvsQpxNjTM[/embed] विद्यालयका प्रअ धनबहादुर क्षेत्रीले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँका अनुसार ,विद्यालयमा आवासीय सुविधा सहित बौद्धिक अपाङ्गता स्राेत कक्षामा विद्यार्थीको संख्या २१ र सामान्य ३१ जना गरी ५२ जना विद्यार्थी अध्ययनरत छन् । उहाँले छात्रावासमा आवासीय सुविधा सहित अध्ययनरत विद्यार्थीलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र थप सुविधा सम्पन्न संरचना आवश्यक रहेको बताउनुभयो । सहसचिव तारा बानियाँ (जगत)ले संचालन र उपाध्यक्ष प्रदिप गौतमले स्वागत गर्नुभएको कार्यक्रममा कर्मचारी युनियन म्याग्दीका सल्लाहकारहरु किरणचन्द्र सुवेदी ,सन्जिव बास्तोला ,रमेश बस्नेत ,अमृत कँडेल लगायत र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विज्ञान केसी लगायतको सहभागीता रहेको थियो ।  
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १२:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP