शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • उत्कृष्ट चिठीपत्र लेख्ने विद्यार्थी पुरस्कृत(भिडिओ)
उत्कृष्ट चिठीपत्र लेख्ने विद्यार्थी पुरस्कृत(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज ३, २०८२
chithi lekhan
म्याग्दी। जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । बिहीबार हुलाक कार्यालयमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्त्वका बारेमा सचेतना जगाउन हुलाक कार्यालयले माध्यमिक विद्यालयस्तरीय चिट्ठी पत्र लेखन प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीले क्रमशः सात हजार, चार हजार र दुई हजार पाँच सय रुपियाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा अध्ययनरत सीमा बुढामगर प्रथम, प्रकाश मावि बेनीमा कक्षा ९ मा अध्ययनरत एलिस्का खत्री द्वितीय र न्यु वेस्ट पोइन्ट आवासीय मावि कक्षा १२ की रियासा जिसी तृतीय हुनुभएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो । भिडिओ हेर्नुहोस्... [embed]https://www.youtube.com/shorts/hr5wXNBn-ko?feature=share[/embed] कार्यालय प्रमुख थापा र नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतले नगदसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा म्याग्दीका संस्थागत तथा सामुदायिक विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख थापाले बताउनुभयो ।हुलाक सेवाका बारेमा सर्वसाधारणहरूमा सचेतना जागृत गराउँदै ‘हाम्रो हुलाकलाई राम्रो हुलाक कसरी बनाउन सकिन्छ’ शिर्षकमा चिट्ठीपत्र लेखन प्रतियोगिता गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार, प्रतियोगितामा जिल्ला हुलाक कार्यालय, अतिरिक्त हुलाक कार्यालय तथा पालिका हुलाक कार्यालयबाट विद्यार्थीले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालय मार्फत हस्तलिखित चिट्ठी पठाएका थिए । [embed]https://youtu.be/GmDlPjUscW0[/embed] आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीलाई हुलाक टिकट तथा चिट्ठीको महत्त्व बुझाउन, चिट्ठी लेखन सीप र सिर्जनशिलताको विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने आशा गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २१:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP