बेनी । टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । म्याग्दीको बेनी नगरपालिका–८,स्थित कालिगण्डकी नदी किनारमा ढुङ्गामा चढेर टिकटक बनाउने क्रममा अचानक चिप्लिएर नदीमा खस्दा कालिकोटको शुभकालिका गाउँपालिका–८,का अन्दाजी २२ वर्षिय सदान्द पोखरलेल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मिति २०८२।०६।११ गते अन्दाजी १३ः०० बजेको समयमा जिल्ला म्याग्दी बेनी नगरपालिका–८ ,कालिपुल बस्पार्क गण्डकी होटल एन्ड रेस्टुरेन्ट स्थित जिल्ला शुभकालिका गाउँपालिका–८,कालिकोट घर भई हाल जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका–८ कुईनेमंगले स्थित रहेको निर्माणाधिन ठुलोखोला हाईड्रोपावरमा काम गर्ने बर्ष अन्दाजी २१।२२ को सदान्द पोखरेलले कालिगण्डकी नदिको किनारमा ढुङ्गामा चडेर टिकटक बनाउने क्रममा अचानक चिप्लनगई खोलामा खसेर बेपता भएको भनी सुचना प्राप्त हुदा साथ यस जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रनाउसूर्य बहादुर थापा कमाण्डमा प्रहरी टोली खटिईगई खो.त. कार्य भइरहेको ।
–सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेल
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ १६:४३