शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
मंगला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक २०, २०८२
IMG_0900
म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित मंगला गाउँपालिकामा बिहीबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाद्वारा २ नम्बर वडा लाम्पाटास्थित खेलमैदानमा आयोजित छैंटौँ संस्करण अन्तर्गत यस वर्षको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा आयोजित अन्तर विद्यालयबीच प्रतिसर््पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका विभिन्न ९ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । तीनवटा विधाहरु एथ्लेटिक्स, कबड्डी र भलिबल प्रतियोगितामा ३० स्वर्णपदकको लागि प्रतिसर््पर्धा हुने भएको छ । तीनवटा विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटरका दौड र ४ जनाको बीचमा १ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ भने हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो, सटफूट, ४ जनाबीच ४ सय मिटरको रिलेदौड र भलिबल प्रतियोगिता हुने मंगला गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको उद्घाटनपूर्व सहभागी विद्याहरुबीच गरिएको मार्चपासमा मंगला माध्यमिक विद्यालय बाबियाचौर सर्वोकृष्ट घोषित भई पुरस्कार हात पारेको छ । यसैगरी छात्रतर्फ १५ सय मिटरको दौडमा महेत्द्ररत्न मावि बरंजाका विवेक नेपाली प्रथम, मंगला मावि बाबियाचौरका बुद्धिबहादुर विक द्वितीय र सिद्धशान्ति मावि हिदीका हबिन फगामी तृतीय हुनुभएको छ भने छात्रातर्फ शिशुकल्याण मावि अर्मनका थमसरा रोका प्रथम, मंगला माविका कृष्णकुमारी सापकोटा द्वितीय र महेन्द्ररत्न माविका प्रमिसा पुन तृतीय हुनुभएको छ । विजेता विद्यार्थीहरुलाई प्रतियोगिताका आयोजक र अतिथिहरुबाट मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले प्रतियोगिताले खेलाडी विद्यार्थीहरुको बीचमा स्वच्छ प्रतिसर््पर्धा, सहकार्य, अनुशासन, क्षमता वृद्धि, व्यक्तित्व र नेतृत्वको विकाससँगै सहयोगी भावनाको समेत विकास गराउने बताउनुभयो । उहाँले मंगला गाउँपालिकामार्फत विगत ६ वर्षदेखि खेलकुद प्रतियोगिता निरन्तर आयोजना भैरहेको बताउँदै गाउँपालिकास्तरीय प्रतियोगिताबाट खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निभाएको बताउनुभयो । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पालिकामार्फत खेलकुद क्षेत्रको विकास र वृद्धि सँगसँगै खेलाडीहरुको क्षमताको प्रस्फूटन तथा नयाँ खेलाडी उत्पादनमा जोड दिइएको बताउनुभयो । मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले प्रतियोगिता अवधिभर खेलाडीहरु अनुशासित र लगनशील भएर खेल खेल्न तथा अफिसियलहरुले निष्पक्ष तरिकाले खेल खेलाउन सुझाव दिनुभयो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले समाजमा खेलकुदमैत्री वातावरण निर्माण, युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षण गर्न तथा पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने खेलाडीहरु उत्पादन गर्ने आजको आवश्यकता रहेको औंल्याउँदै यसका लागि जिल्ला खेलकुद विकास समितिबाट आवश्यक पहल गरिएको बताउनुभयो । कार्यक्रममा मंगला गाउँपालिकाका प्रवक्ता एवं १ नम्बर वडाका वडा अध्यक्ष एकजित रोका, नेपाल शिक्षक महासंघ मंगला गाउँपालिकाका अध्यक्ष रुद्रबहादुर केसी र महेन्द्ररत्न मावि बरंजाका प्रधानाध्यापक कृष्णलाल सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रम मंगला गाउँपालिकाका अध्यक्ष रोकाको अध्यक्षता, वडानम्बर २ का वडा अध्यक्ष धनबहादुर खाती क्षत्रीको स्वागत र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डिल्लीरमण सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५० हजार, द्वितीय र तृतीयले क्रमशः नगद ३० हजार तथा २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १८:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP