शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि महेन्द्ररत्न माविलाई
छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि महेन्द्ररत्न माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक २२, २०८२
577551224_3600898566718665_4903144589614608704_n
बेनी । म्याग्दीको मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महेन्द्ररत्न मावि बरंजाले जितेको छ । मंगला शिक्षा क्याम्पसको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ३ कास्यसहित १९ पदकसहित महेन्द्र मावि प्रथम भएको हो । प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ६ कास्यसहित २० पदक जित्दै मंगला मावि बाबियाचौर द्वितीय भएको छ। ५ स्वर्ण, २ रजत र ५ काँस्य कास्यसहित १२ पदक जितेर शिशु कल्याण मावि तृतीय भएको मंगला गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो । त्यसैगरी प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र २ काँस्य सहित १० पदक जितेर डनिङ आवासीय मावि चौथो भएको छ । प्रतियोगितामा मार्चपास सर्वोकृष्ट मंगला माध्यमिक विद्यालय प्रथम, एथलेटिक्सतर्फ ३ स्वर्ण, १ रजत सहित महेन्द्र रत्न माविका छात्र विबेक नेपाली र एथलेटिक्स तर्फ ३ स्वर्ण १ रजत सहित महेन्द्र रत्न मावीका विवेक नेपाली र ३ स्वर्ण बिजेता शिशु कल्याणकी थमसरा रोका, छात्र भलिबलतर्फ शिशु कल्याणका हेमन्त बुढाथोकी, छात्रतर्फ मंगला माविकी एन्जिला किसान,कबड्डीतर्फ छात्रामा मंगला माविकी बिना सापकोटा र छात्रतर्फ महेन्द्ररत्न माविका बिकल बुढा उत्कृष्ट खेलाडी घोषित गरी ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।   प्रतियोगितामा विजेता विद्यालयलाई ५० हजार रुपैयाँको साथमा रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।   प्रतियोगितामा डनिङ आमावी बावियाचौरले ३ स्वर्ण, ५ रजत २ कास्य,दिपशिखा माविले २ स्वर्ण, ४ रजत, ४ काँस्य, शारदा मावि छिस्बाङले २ स्वर्ण, ३ रजत, ६ काँस्य, राष्ट्रिय जनजागृति मावि पूर्णगाउँले १ स्वर्ण, १ रजत, त्रिभुवन मंगला मावि २ रजत, काँस्य र शिद्धशान्ति माविले २ काँस्य पदक जितेको छ। विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष दिलकुमारी खत्री, वडा नं २ का अध्यक्ष धनबहादुर खाती र प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।   तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मंगला गाउँपालिकाका ९ वटा विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगितामा छात्र, छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २२:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP