शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटो फिचर)
ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु(फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक २३, २०८२
IMG_1155
म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित अन्तर विद्यालयबीच प्रतिसर््पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका विभिन्न १२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । दुईवटा विधाहरु एथ्लेटिक्स र भलिबल प्रतियोगितामा कुल २८ स्वर्णपदकको लागि प्रतिसर््पर्धा हुने भएको छ । दुई विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ भने हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको उद्घाटनपूर्व सहभागी विद्यालयहरुबीच गरिएको मार्चपासमा धनजनता माध्यमिक विद्यालय फलियागाउँ मुना प्रथम भई नगद १० हजार रुपैयाँसहित पुरस्कार हात पारेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको छात्र र छात्राको दौड प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलवारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ६० हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले खेलकुद क्षेत्रमा कुनै जात, धर्म र राजनीति नहुने भएकाले यसबाट एकापसमा सहकार्य र एकताको भावना विकास हुने बताउनुभयो । उहाँले खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरु भर्खरै उम्रँदै गरेको विरुवा भएकाले अनुशासित र सक्रियतापूर्वक खेल प्रदर्शन गर्नुपर्ने बताउँदै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई चिनाउनको लागि अहिलदेखि नै उत्कृष्ट खेल प्रदर्शनलाई जोड दिनुपर्ने बताउनुभयो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पालिकामार्फत नयाँ खेलाडीहरु उत्पादन, खेलकुद क्षेत्रको विकास र वृद्धिसँगै प्रतिभा पहिचान गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले अनुशासनलाई विशेष ध्यान दिएर खेलाडी विद्यार्थीहरुले आफ्नो खेलको कला प्रदर्शन गर्नुपर्ने तथा प्रतियोगितामार्फत नयाँ प्रतिभाको उजागर गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले समाजमा खेलकुदमैत्री वातावरण निर्माण गर्नु, युवाहरुलाई खेलकुदमा आकर्षित गराउनु र जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने खेलाडीहरु उत्पादनमा राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताहरुले सहयोग पु¥याउने बताउनुभयो । धवलागिरि गाउँपालिका–३ नम्बर वडाका वडा अध्यक्ष एवं प्रवक्ता देवेन्द्र रोकाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ख्यामराज सुवेदीको सञ्चालन र ७ नम्बर वडा अध्यक्ष अशोक खत्रीको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा ताकम माविका महिला शिक्षकहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।    
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १८:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP