शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाको समिक्षा तथा सार्वजनिक सुनुवाइ
अन्नपूर्ण गाउँपालिकाको समिक्षा तथा सार्वजनिक सुनुवाइ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक २६, २०८२
IMG_1340
बेनी ।म्याग्दीकाको अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै सार्वजनिक सुनुवाइ गरिएको हो । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित गतवर्ष र चालु आवको चौमासिक अवधिसम्म सञ्चालित कार्यक्रम, सम्पन्न योजनाहरु र भए गरेका कामको बारेमा गाउँपालिका अन्तर्गत विभिन्न शाखाहरुबाट प्रस्तुतीकरण गरिएको थियो । शाखाको गतिविधिहरु प्रस्तुतीपछि गाउँपालिका र सहभागीहरुको बीचमा सवाल–जवाफसहित सार्वजनिक सुनुवाइ भएको हो । वार्षिक र चौमासिक समीक्षामा गाउँपालिकाको प्रशासन शाखा प्रमुख भगवती खड्का कटुवाल, पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख खड्कप्रसाद पुन, राजश्व शाखा प्रमुख नवीन भट्ट, रोजगार शाखा प्रमुख सुमित्रा गैरे पौडेल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गणेशबहादुर कटुवाल, स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल, कृषि विकास शाखा प्रमुख श्यामसरण कुर्मी, पशु सेवा शाखा प्रमुख रुपेशकुमार चौधरी, योजना शाखा प्रमुख यामप्रसाद पूर्जा, पूर्वाधार विकास तथा भवन निर्माण शाखा प्रमुख इन्जिनियर तीर्थराज ढुङ्गानाले प्रस्तुतीकरण गर्नुभएको थियो । यसैगरी महिला तथा बालबालिका शाखा प्रमुख सविना थापा, उद्यम विकास शाखा प्रमुख विष्णु गौतम, आर्थिक प्रशासन शाखाका सहायक लेखा अधिकृत प्रेम पराजुली र सूचना प्रविधि शाखा प्रमुख रमेश थापाले आ–आफ्नो शाखामार्फत गतवर्ष र चालु आवको हालसम्म सम्पादित कार्यक्रमसहित सम्पन्न गतिविधिहरुको बारेमा प्रस्तुतीकरणसहित जानकारी गराउनुभएको थियो । समीक्षा कार्यक्रममा प्रस्तुती, अन्तत्र्रिmया, छलफल र सवालजवाफ सकिएलगत्तै दोस्रो चरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरु राजाराम बरुवाल, दुर्गादत्त सुवेदी, विशाल विक, रामबहादुर खड्का, विष्णु कुमारी परियार, मईलन पुन र प्रताप बानियाँले धारणा, सुझावसहित प्रश्नहरु सोध्नुभएको थियो । सहभागीहरुले सोधेको प्रश्नको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डे, स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल, शिक्षा शाखा प्रमुख गणेश कटुवाल, कृषि शाखा प्रमुख श्यामसरण कुर्मी र पशु सेवा शाखा प्रमुख रुपेशकुमार चौधरीले जवाफ दिनुभएको थियो । समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष पुनले उज्यालो हाईवे अन्तर्गत महभीरदेखि कोप्चेपानी क्षेत्रसम्म सडक बत्ती र पोखरेबगरमा सिसीटिभी क्यामेरा जडान तथा भाडादर कार्यान्वयन गराउन अनुगमन गरिने बताउनुभयो । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा पर्यटकको आवतजावत र बसाई व्यवस्थापन तथा पर्यटन प्रवद्र्धन गर्नको लागि आवश्यक पहल गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष तिलिजाले आगामी दिनमा हुने सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रमहरुमा जनसहभागिता वृद्धि गरिने, वडामा सार्वजनिक सुनुवाइ र यसअघि गाउँपालिकाले स्थापना गरेको महिला आकस्मिक कोषलाई व्यवस्थित बनाएर सञ्चालनमा ल्याइने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्त भएकाले अब प्रक्रियामा लगेर भवन निर्माणको कार्यलाई अगाडि बढाइने र पर्यटकीयस्थलमा सूचना बोर्डहरु स्थापना र गाउँपालिकाद्वारा सञ्चालित योजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउनुभयो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता र प्रशासन शाखा प्रमुख भगवती खड्का कटुवालको सञ्चालनमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्मा र कोषाध्यक्ष साधन राम्जालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी पत्रकार लगायतले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २१:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP