शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी नगरपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु( तस्बिरहरु)
बेनी नगरपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु( तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक २७, २०८२
beni-nagar-presi
बेनी । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । म्याग्दीको बेनी  नगरपालिकाको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित अन्तर विद्यालयहरुबीच प्रतिसर््पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २७ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । जसमा सामुदायिक विद्यालयतर्फ २० र संस्थागततर्फ ७ वटा विद्यालयको सहभागिता रहेको छ । एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट र कबड्डीसहित चारवटा विद्यामा कुल ६६ स्वर्णपदकका लागि विद्यालयहरुको बीचमा प्रतिसर््पर्धा सुरु भएको छ । एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । त्यस्तै मार्सलआर्ट विद्याअन्तर्गत तेक्वान्दो, कराँते र उसु खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुपूर्व सहभागी विद्यालयहरुबीच मार्चपास समेत गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत १५ सय मिटरको छात्र र छात्राको दौड प्रतियोगिता सम्पन्न भएको छ । छात्रतर्फको प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका सक्षम बोहोरा प्रथम, प्रकाश माविका विपिन कार्की द्वितीय र जामुनाखर्क माविका मन्जिल विक तृतीय तथा छात्रातर्फ राष्ट्रिय मावि नेप्टेचौरकी अञ्जली खत्री प्रथम, प्रकाश मावि बेनीकी अञ्जली स्रिपाली द्वितीय र दिपक मावि पात्लेखेतकी रितिका घताने तृतीय भई पुरस्कार पाएका छन् । शनिवार सम्पन्न हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५१ हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले विद्यार्थी खेलाडीको पसिना देशको गौरव र जोश भविष्यको प्रेरणा भएको बताउनुभयो । उहाँले अनुशासनपूर्वक उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई सुझाव दिनुभयो । बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले खेलकुद प्रतियोगितामा छात्रछात्रा दुवैको समान सहभागिता भएमा लैङ्गिक हिंसा न्यूनीकरणमा विद्यालय तहबाटै सहयोग पुग्ने बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले प्रतियोगिताका अफिसियलहरुले दिएको निर्देशनहरुलाई पूर्ण रुपमा पालना गरेर खेल प्रदर्शन गर्नसके प्रतियोगिताको उद्देश्य पूरा हुने बताउनुभयो ।   बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले सहकार्यको भावना विकास गराउन, खेलकुदमैत्री वातावरण निर्माण र विद्यार्थी तथा युवाहरुको खेल क्षेत्रमा आकर्षण बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरुले सहयोग पु¥याउनेमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले खेलकुद क्षेत्रको विकासमा आवश्यक पहल गरिएको बताउँदै विवादरहित तरिकाले प्रतियोगिता सम्पन्न गराउन सबैको भूमिका आवश्यक हुने उल्लेख गर्नुभयो ।   बेनी नगरपालिकाको सामाजिक विकास समिति संयोजक चक्र केसीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीको स्वागत र शिक्षा अधिकृत कमलप्रसाद ढकालको सञ्चालनमा उद्घाटनसत्र सम्पन्न भएको थियो । कार्यक्रममा बेनी सामुदायिक माविका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  २०:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP