शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा एमालेको सद्भाव ¥याली तथा जनसभा, राष्ट्रियता र संविधान जोगाउनुपर्नेमा नेताहरुको जोड
बेनीमा एमालेको सद्भाव ¥याली तथा जनसभा, राष्ट्रियता र संविधान जोगाउनुपर्नेमा नेताहरुको जोड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक २९, २०८२
IMG_1431
बेनी।नेकपा एमाले म्याग्दीले शनिवार सदरमुकाम बेनीमा सद्भाव ¥याली तथा जनसभा सम्पन्न गरेको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टी केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि जिल्ला कमिटीद्वारा ¥यालीसहित जनसभा गरिएको हो । [caption id="attachment_83083" align="alignnone" width="692"] जिल्ला सदरमुकाम बेनीको वीरेन्द्रचोकबाट सुरु भएको सद्भाव ¥याली तथा जनसभा हुलाकचोक, न्यूरोड, क्याम्पसचोक, हस्पिटलचोक, गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक हुँदै पुनः वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले वर्तमान सन्दर्भमा देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउनका लागि दलहरुबीच सहकार्यको आवश्यकता औंल्याएका छन् ।[/caption] सद्भाव ¥याली तथा जनसभाका प्रमुख वक्ता नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले वर्तमान प्रधानमन्त्री सुशीला कार्की आफू प्रधानन्यायाधीश हुँदा अदालतबाट नै दलीयकरणको राजनीति सुरुवात गरेकाले अहिले शिक्षकले राजनीति गर्नुहुँदैन, संघ सङ्गठन बनाउनुहुँदैन भन्नु गलत रहेको बताउनुभयो । वर्तमान सरकारले अहिलेको अवस्थामा चुनाव गराउन सक्ने कुनै पनि छाँटकाँट नदेखिएको भन्दै उहाँले गएको भदौ २३ र २४ गतेको जेन–जी समूहको आन्दोलनका क्रममा लुटिएका १२ सय हातहतियारहरु अझै फिर्ता नभएको बताउनुभयो । सोही जनसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य नरदेवी पुनले नेकपा एमालेले सधैँ राष्ट्रियताको पक्षमा आफ्नो आवाज बुलन्द पार्दै आइरहेको बताउनुभयो । उहाँले देशले हरेको भूमि हाम्रो भनेर तत्कालीन एमाले नेतृत्वको सरकारले सबै राजनीतिक दलहरुलाई सहमत गराएर चुच्चे नक्सा जारी गरेको बताउनुभयो । उहाँले नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरुले एक मधेश एक प्रदेशको नारा घन्काइरहँदा हरेक प्रदेशमा हिमाल, पहाड र तराई हुनुपर्छ भन्ने दृष्टिकोणका साथ देशलाई प्रादेशिक संरचना बनाउने विषयलगायत देश विकासका लागि धेरै कामहरु गरेर एमाले अगाडि बढेको बताउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले वर्तमान परिस्थितिमा एमाले संविधानको रक्षाका लागि साङ्केतिक रुपमा जनतासमक्ष ओर्लिएको बताउनुभयो । उहाँले नेपालको इतिहासमा पहिलोपटक जनताले बनाएको संविधानको बर्खिलापमा जाने जो कोहीका विरुद्धमा संघर्ष गर्न र संविधानको रक्षा गर्न एमाले देशव्यापी रुपमा सडकमा आएको जानकारी दिनुभयो । जनताले लडेर ल्याएको व्यवस्था र संविधान जोगाउन एमाले सधैँ डटेर लागिपर्ने उहाँको भनाइ छ । एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान अवस्थामा देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै राजनीतिक दल तथा जेनजी समूहलगायत सबै एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का पूर्व केन्द्रीय सचिव प्रकाश पौडेलले जेनजी समूहको नाममा हिंसा भड्काएर विध्वंश मच्चाउने अपराधीहरुलाई छानबिन गरेर कारवाही गर्न माग गर्नुभयो । कोणसभा कार्यक्रमको सञ्चालन एमाले म्याग्दीका सचिव थमसरा पुनले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २२:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP