शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि वेष्ट प्वाइन्टलाई
छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि वेष्ट प्वाइन्टलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक २९, २०८२
received_1466316327775998
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बिहिबारदेखि सुरु भएर शनिवार बेनीको खुलामञ्चमा सम्पन्न बेनी नगरपालिका भित्रका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा वेष्ट प्वाइन्ट च्याम्पियन बनेको हो । प्रतियोगितामा वेष्ट प्वाइन्टले कुल २१ स्वर्ण १५ रजत र १६ कास्यपदक ल्याएर उपाधि हात पारेको आयोजक बेनी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा द्वितीय भएको प्रकाश माविले २१ स्वर्ण, ११ रजत र ५ कास्यपदक जितेको छ भने तृतीय भएको बेनी सामुदायिक माविले ११ स्वर्ण, १५ रजत र १२ कास्यपदक जितेको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कुल २७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।   प्रतियोगितामा प्रथम विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५१ हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् । एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट र कबड्डीसहित चारवटा विद्यामा कुल ६६ स्वर्णपदकका लागि २० सामुदायिक र ७ संस्थागत विद्यालयका ८ सयजना भन्दाबढी विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ।   विजेता विद्यालयहरुलाई बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र सामाजिक विकास समिति संयोजक चक्र केसीले पुरस्कार वितरण गरेका थिए ।   ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको थियो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित अन्तर विद्यालयहरुबीच प्रतिसर््पर्धा हुने गरी छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको आयोजकको भनाइ छ ।   प्रतियोगितामा एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको थियो । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता आयोजना गरिएको थियो भने मार्सलआर्ट विद्याअन्तर्गत तेक्वान्दो, कराँते र उसु खेलमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुपूर्व सहभागी विद्यालयहरुबीच मार्चपास समेत गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत यसअघि १५ सय मिटरको छात्र र छात्राको दौड प्रतियोगिता आयोजना गरिएको थियो । बेनी नगरपालिकासँगै यसअघि धवलागिरि र मंगला गाउँपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भैसकेको छ । अन्नपूर्णमा सुरु भएको छ भने अब मालिका र रघुगंगा गाउँपालिकामा पनि छिटै प्रतियोगिता हुने र लगत्तै जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लास्तरीय प्रतियोगिता हुनेछ ।    
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP