शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित बालाचतुर्दर्शी मेला सुरु
गलेश्वरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित बालाचतुर्दर्शी मेला सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर ४, २०८२
mela galeshwar
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको पुरानो  बालाचतुर्दर्शी मेला–२०८२ सुरु भएको छ । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजनामा विहिबारदेखि सुरु भएको मेलाको निवर्तमान संघीय सरकारका उर्जा ,जलस्रोत तथा सिंचाई राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्नुहुँदै उहाँले गलेश्वरको बालाचतुर्दर्शी मेला पुरानो र ऐतिहासिक रहेको भन्दै मेलालाई थप व्यवस्थित र आकर्षक सहितको निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि संगै आपसी भाइचारा सम्बन्ध बलियो बनाउन समेत उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । ‘खेलकुद प्रतियोगिता जित र हारको विषय मात्र नभई आपसी सद्भाव र भाइचाराको सम्बन्ध बलियो बनाउे सँगै लुकेका प्रतिभा पहिचान ,स्थानीय कला संस्कृतिको प्रवद्र्धन एवं खेलक्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका खेलेको हुन्छ ,’कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका निवर्तमान राज्यमन्त्री गर्बुजाले भन्नुभयो ,‘खेलकुद क्षेत्रको विकासको लागि मैले सक्दो सहयोग र पहल गर्नेछु ।’ आफु सांसद र छोटो कार्यकाल राज्यमन्त्री हुँदा जिल्लामा साढे एक अर्बको बजेट भित्र्याउन सफल भएको स्मरण गर्दै वर्तमान सरकारले बजेट कटौती गरेको बताउनुभयो । ‘ सांसद सँगै राज्यमन्त्री हुँदा छोटो समयमा पनि मैले जिल्लाको विकासका लागि ठुलो बजेट ल्याउन सफल भएको थिएँ । तर ,वर्तमान सरकारले केहि नदी नियन्त्रण योजना सहित ४२ करोड बढीका आयोजना कटौती गरेपछि फिर्ता कटौती नगर्न छलफल र पहल गरिरहेको छु ।’ ‘संघमा हाम्रो सरकार नभएपनि प्रदेश सरकार हाम्रै छ ,जिल्लाको समग्र विकासका लागि बजेट विनियोजन गरिदिन मुख्यमन्त्री ज्युसँग निरन्तर छलफल संगै पहल गरिरहेको छु ,’ उहाँले थप्दै भन्नुभयो । वडा अध्यक्ष चक्रबहादुर केसीले वडा भित्र भएका विकास निर्माणका बारेमा जानकारी गराउनुभयो । उहाँले गलेश्वर बजारलाई व्यवस्थित र सुन्दर बनाउन वडाले विभिन्न काम गरिहेको बताउनुभयो । कार्यक्रममा गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी ,क्लब र बजार टोल विकास संस्थाका सल्लाहकार बालकुमार लामिछाने लगायतले मेलाको सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।पुरानो र ऐतिहासिक बाला चतुर्दशी मेलाको प्रवद्र्धन र खेलक्षेत्र विकास गर्ने उद्धेश्यले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लब अध्यक्ष अमित पुनले बताउनुभयो । उहाँले प्रतियोगितालाई आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।उहाँले आजदेखि सुरु भएको पुरानो मेलालाई शान्तिपुर्ण भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल गर्नुभयो । मेला संयोजक तथा टोल विकास संस्था सदस्य लोकेन्द्र खड्काले संचालन गर्नुभएको उद्घाटन समारोहमा गलेश्वरधाम आमा समुह अध्यक्ष फुलकुमारी रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो । उद्घाटन समारोहमा विभिन्न आमा समुह ,संघ संस्था र क्लबका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन समारोहमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी ,गलेश्वर धाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन , समाजसेवी रबिन्द कार्की ,वडा नम्बर ८का वडा सदस्य हिरबहादुर पुन , जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ,जिल्ला बास्केटबल संघका अध्यक्ष एकिन पुर्जा ,सोही वडा भित्र रहेको जनहित युथ क्लबका अध्यक्ष विपिन चोखाल ,काउले गौडा युवा क्लब अध्यक्ष नगेन्द्र बस्नेत स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो । मेला संयोजक खड्काका अनुसार,वडा स्तरिय पुरुष बास्केटबल, प्रौढ भलिबल, महिला भलिबल, पुरुष भलिबल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता समेत संचालन हुने छन् । बिहिबारदेखी टिम दर्ताका लागित खुल्ला गरिएको छ । क्लव सचिव बचन पुनका अनुसार, प्रतियोगितामा कुनै वडामा राष्ट्रियस्तरका खेलाडी भएमा एक जना राष्ट्रियस्तर खेलाडीको समेत समाबेश गर्न पाइनेछ । मेलालाई सफल बनाउन सह–आयोजक गलेश्वर आमा समुह, गलेश्वर टोल विकास संस्था लगायतका उप समिति गठन गरिएको छ । प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार १,०१,१११ हजार , द्धितिय ५१,१११ हजार, महिला भलिबलतर्फ प्रथम ५१,१११ हजार, द्धितिय ३०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र त्यसैगरी पुरुष बास्केटबल प्रथम ७५,१११ हजार र द्धितिय ४०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २०:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP