शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीको घलेम्दी हाइड्रो लिमिटेड सहित उत्कृष्ट चार करदाता सम्मानित
म्याग्दीको घलेम्दी हाइड्रो लिमिटेड सहित उत्कृष्ट चार करदाता सम्मानित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर ४, २०८२
Oplus_16908288
बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङले चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा कार्यालयले बिहीबार आफ्नो कार्यक्षेत्रका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको हो ।  कार्यालयले बागलुङबाट ग्रीन डिभेलपमेन्ट बैँक लिमिटेड, पर्वतबाट दी क्लिफ प्रा.लि., म्याग्दीबाट घलेम्दी हाइड्रो लिमिटेड र मुस्ताङबाट अमित विल्डर्स गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले ग्रिन डिभेलपमेन्ट बैँक लिमिटेडका हेमराज शर्मा, पर्वतबाट दी क्लिफ प्रा.लि. राजनकुमार जोशी, घलेन्दी हाइडेओ लिमिटेडका प्रमोद श्रेष्ठ र अमित विल्डर्सका प्रेम तुलाचनलाई सम्मान गर्नुभएको थियो ।  आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले साविक धौलागिरी अञ्चलका चार जिल्लाका उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएको बताउनुभयो । उहाँले वर्षभरी धेरै कर तिर्ने करदाताहरूलाई हौसला प्रदान गर्न छनोट गरी सम्मान गरिएको बताउनुभयो । बागलुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङले सम्मानीत करदाताहरूको प्रेरणा र मिहिनेतबाट अरू व्यवसायीहरूले पनि सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले बाहिरी देशसँग तुलना गर्नुभन्दा नेपाल पछिल्ला वर्षमा विकासको यात्रामा स्थिररूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो । “अरू देश कहाँ पुग्यो भनेर मात्र तुलना गर्नुहुँदैन,” उहाँले भन्नुभयो,“हामीले हाम्रो ठाउँमा बसेर इमानदार मिहिनेत गर्दा विकास आफैं तर्फबाट देखिन थाल्छ ।”  प्रजिअ गुरुङले सरकारले विभिन्न परियोजना तथा पहलमार्फत निजी क्षेत्रलाई सहयोग गर्दै आएको बताउनुभयो । गुरुङले अरुको तुलना गर्नु भन्दा आफ्नो क्षेत्रबाट सबैले जिम्मेबारी भूमिका निर्वाह गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो ।   कार्यक्रममा सम्मानितहरूले आफ्नो–आफ्नो क्षेत्रका अनुभव तथा योगदानबारे जानकारी दिनुभएको थियो । पर्वतस्थित ‘द क्लिफ’ का प्रतिनिधि राजनकुमार जोशीले द क्लिफले साहसिक खेलहरूका माध्यमबाट देशको नाम चिनाउन सहयोग गरिरहेको बताउनुभयो ।  त्यस्तै, मुस्ताङमा सञ्चालनमा रहेको अमित बिल्डर्सका प्रमुख प्रेम तुलाचनले कठिन भौगोलिक अवस्थाका बिच सीमित आर्थिक साधन स्रोतसँगै विकास निर्माणका काम निरन्तर अघि बढाइरहेको जानकारी दिनुभयो । “दुर्गम ठाउँमा भए पनि गुणस्तरीय काम गरेर हामीले विश्वास जितेका छौँ,” उहाँले भन्नुभयो । अरूले गर्न नसक्ने चुनौतीपूर्ण काम सम्हाल्दै आफ्नै कम्पनीले कोरला नाका सम्म सडक पुर्‍याएकाे उल्लेख गर्दै तुलाचनले त्यसलाई कम्पनीको प्रमुख उपलब्धि बताउनुभयो ।  गोरखापत्र 
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २२:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP