शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेलीबृज निर्माणमा गुर्जा समाज काठमाडौंले १० लाख सहयोग गर्ने
बेलीबृज निर्माणमा गुर्जा समाज काठमाडौंले १० लाख सहयोग गर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर ११, २०८२
gurja-ra-gurja-samaj-ktm
म्याग्दी । गुर्जाबाट काठमाडौं आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुर्जावासीहरुको साझा संस्था गुर्जा समाज काठमाडौंले गुर्जाको कम्जाखानी खोलामा निर्माण गरिने वेलिवृज पूलका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ । १० वर्ष पहिले गुर्जाको समृद्धिका लागि सकेको योगदान गर्ने उद्देश्यले स्थापित यस समाजका अध्यक्ष लिलमाया छन्त्यालको अध्यक्षतामा सम्पन्न हिजोको बैंठकले धवलागिरी गाउँपालिका वडा नं १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालको प्रस्ताव बमोजिम निर्माणधिन लुलाङ्ग –गुर्जा मोटर बाटो अन्तर्गत गुर्जाको खम्जाखानी खोलामा निर्माण हुने वेलिवृज पुलको लागि गुर्जा समाज काठमाडौंले रु दश लाख सहयोग गर्ने समाजका अगुवा दिपबहादुर छन्त्यालले जानकारी दिनु भएको छ । उक्त मोटर बाटो निर्माणको लागि समाजले गतवर्ष नै १० लाख सहयोग गर्ने गरी संस्थापक अध्यक्ष समप्रसाद छन्त्यालको नेतृत्वमा ५ सदस्यीय समन्वय उपसमिति गठन गरिएको थियो तर यस समाजले पटक पटक समन्वय गर्दा पनि सो बाटो निर्माणमा उक्त रकम सहयोग गर्ने वातावरण नभए पछि उक्त रकम उपयोग भएको थिएन ।   यस वर्ष पनि उक्त सहयोग रकम उपयोग गर्नका लागि गुर्जाको वडा अध्यक्षसंग समन्वय र आवश्यक छलफल गर्दा यसवर्ष पनि सो बाटोको लागि केन्द्र र प्रदेश सरकारबाट प्रयाप्त बजेट विनियोजन भएकोले त्यसका लागि खर्च गर्नु भन्दा गुर्जालाई जोड्ने एकमात्र कम्जाखानी खोलामा पुल हाल्नु पर्ने र सो को लागि बजेट विनियोजन नभएको हुँदा आवशयक पर्ने बजेटका लागि स्थानिय सरकारसंग माग गर्ने परिस्थिति भएकाले गुर्जा समाज काठमाडौंले पनि उक्त वेलिवृजका लागि सहयोग गर्न अनुरोध सहितको प्रस्ताव आएकोले सोहि बमोजिम सहयोग गर्ने निर्णय गरिएको हो ।     १० वर्ष पहिले स्थापित यस समाजले आपत विपत पर्दा सदस्यहरुलाई मानविय सहयोग गर्दै आएको छ भने सामाजिक योगदान अन्तर्गत धवलागिरी गाउँपालिका समाज काठमाडौंलाई विभिन्न समयमा खेलिएको देउसी भैलोमा २ लाख ३६ हजार तथा नेपाल छन्त्याल संघलाई १०० थान कुर्चि प्रदान गरेको छ । यस समाजले गुर्जाको कल,संस्कृतिको जर्गेना गर्नका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ भने यसवर्ष गुर्जाको चिनारी गीत रेकर्ड गर्ने कार्य भई रहेको समाजका अगुवा दिपबहादुर छन्त्यालले जानकारी दिनु भयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०७:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP