शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाइ
मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाइ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १२, २०८२
received_1383927919806062
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा बिहिवार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।गाउँपालिकाको  आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरण तथा समन्वयमा  गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा सम्पन्न विकास निर्माण एवं सेवा प्रवाहको सम्बन्धमा बिहीबार सार्वजनिक सुनुवाइ गरिएको हो । मंगलाको केन्द्र बाबियाचौरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले चालु आवको पहिलो चौमासिकसम्म पालिकाले सम्पादन गरेका गतिविधिहरु, सञ्चालन हुने योजनालगायत विभिन्न विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । सार्वजनिक सुनुवाइमा गाउँपालिका भित्रका पाँचवटै वडाबाट सङ्कलित नागरिकहरुको अपेक्षा, गुनासा, जिज्ञासा, प्रश्न तथा सुझावहरुको भिडियो डकुमेन्ट्री र सर्भेक्षण फारमबाट प्राप्त एक्जिट पोलको नतिजा समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीहरुले तीनचार दिनका सुत्केरी महिलाहरुलाई घरमै स्वास्थ्यकर्मी परिचालन गरेर सेवा दिनुपर्ने, सुन्तला खेती नहुने ठाउँमा टिम्मुर खेतीलाई प्रोत्साहन गर्नुपर्ने, बुकेनी आमा समूहको भवन जिर्ण भएको, व्यक्तिगत जग्गाबाट ढुङ्गा–गिट्टी र बालुवा कसरी बिक्री वितरण गर्न सकिन्छ, राजश्व सङ्कलनको कार्य एकीकृत गर्नुपर्ने, अनुदानमा पाएको मिनीटेलर हलोको शुल्क समायोजन हुनुपर्ने, भूमिकर लिनको लागि किसानहरुको लगत राख्नुपर्ने, विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गर्नुपर्ने, प्रशासनिक भवनको निर्माणकार्यको अवस्थाबारे प्रश्न, जिज्ञासा र धारणा व्यक्त गरेका थिए । त्यस्तै विद्यार्थीहरुका लागि पर्याप्त खेलमैदान नभएको, विद्यालयमा घेराबार जिर्ण भएको, अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न सभाहल भवन नहुँदा समस्या भैरहेको, कुहुँ–बिसौना–रातमाटो हुँदै मझुवा जाने सडक र कुहुँ–थाईबाङ सडक मर्मतसम्भार तथा स्तरोन्नति नहुँदा समस्या झेलिरहन बाध्य हुनुपरेको, वास्तविक किसानहरुले सेवासुविधा र अनुदान नपाएको, वडा कार्यालयमा सेवा लिन जाँदा कर्मचारी नभएको, खेलकुद मैदानका लागि माग गरेअनुसार बजेट नपरेको, वडास्तरमा सार्वजनिक सुनुवाइ नभएको, मिनीटेलर हलो नपाएको र बाढीले पु¥याएको क्षतिपूर्ति पाउन निवेदन दिएपनि सुनुवाइ नभएको जस्ता गुनासाहरु गरिएको थियो । चन्द्रबहादुर रोका, प्रेमलाल पौडेल, चक्रलाल पाण्डे, प्रमानन्द विश्वकर्मा र पितमबहादुर खत्रीले कार्यक्रममा नै सहभागिता जनाएर प्रश्न तथा जिज्ञासा सोध्नुभएको थियो । यसैगरी हरिकृष्ण उपाध्याय भट्टराई, बाबुराम खत्री, धुर्वकुमार खत्री, लुक्तिसन श्रीष, रितुनबहादुर थापा, देवेन्द्रमान शेरचन, परासर कँडेल, हरिलाल पौडेल, शशीधर सापकोटा, चन्द्रबहादुर क्षत्री र ईन्द्रमती सार्कीले भिडियोमार्फत जिज्ञासा तथा प्रश्न गर्नुभएको थियो । सहभागीहरुले उठाएका जिज्ञासा र प्रश्नको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत अर्याल, वडा अध्यक्षहरु एकजित रोका, धनबहादुर खाती क्षत्री, भेषकुमारी पुन, लालबहादुर रोका र भूपेन्द्रबहादुर खत्रीसहित सम्बन्धित शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो ।   सहभागीले उठाएको प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष रोकाले गाउँपालिकामार्फत सबै नागरिकहरुको समस्या समाधान हुने गरी काम गरिएको बताउनुभयो । उहाँले नागरिकको जीवनस्तर सुधार्न, गाउँका सडक तथा भवन निर्माण र स्तरोन्नति, विभिन्न सिपमूलक तालिम गोष्ठीहरु सञ्चालन, बिऊबिजन वितरणलगायत नीति, कार्यक्रम र बजेट बनाएर क्रमशः जनअपेक्षा सम्बोधन भैरहेको बताउनुभयो । उहाँले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आवश्यक समन्वय गरी कार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।   गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले सार्वजनिक सुनुवाइ कार्यक्रम नयाँ तरिकाले सञ्चालन गरिएको हुँदा आगामी दिनमा यसलाई निरन्तरता दिइने बताउँदै सहभागीहरुका गुनासालाई क्रमशः सम्बोधन गरिने बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रमको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सहसचिव प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०८:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP