शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान (भिडिओ)
प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १२, २०८२
1924
गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ ।जिल्लाको  बेनी नगरपालिका -९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा रातको समयमा पनि मन्दिर परिसर उज्यालो सहितको  सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको कोषका संरक्षक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बिहिवार साँझ  स्विच थिचेर उद्घाटन गर्नुभयो । [embed]https://youtube.com/shorts/7fVe1xBR0pg?si=ObbCtQpIlTtjswDs[/embed] जिलामै पहिलो पटक गलेश्वरमा यस्तो प्रबिधिको विद्युत लाइट जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषाका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार ,कोषको आन्तरिक स्रोतबाट ९ लाख ७४ हजार रुपियाँ खर्चेर लाइट जडान गरेको हो । बत्ति जडान पछि परिसरमा उज्यालो हुन थालेको छ । मन्दिरमा आउने भक्तजनलाई सहज बनाउन र सुरक्षा व्यवस्थापनको  दृष्टिकोणले पनि सुरक्षित बनाउन लाइट जडान गरिएको अध्यक्ष रेग्मीको भनाइ छ । उहाँले भन्नुभयो, “दोस्रो पशुपतिनाथले समेत परिचीत गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी लगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ति जडान गरिएको हो।” १६ मिटर अग्लो पोलको टुप्पोमा चार–चार सय वाट क्षमताका ८ वटा लाइट चारैतिर फर्काएर राखिएको छ। लाइट स्वचालित उपकरणद्वारा दिउँसो बन्द र राति बत्ती बल्ने व्यवस्था गरिएको छ।   यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, गलेश्वर बजार क्षेत्रलाई धार्मिक सङ्गीतमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ ।कोषका पदाधीकारी, नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामी लगायत प्राविधिक र आपुर्तिकर्ता कम्पनीका प्रतिनिधीहरुको टोलीको उपस्थिति थियो ।कालीगण्डकी नदी किनार स्थित गलेश्वर शिवालय मन्दिर नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित छ ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १७:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP