शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
मालिका गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, मंसिर १६, २०८२
received_1487427279030244
दरबाङ ।‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा मङ्गलवारदेखि पालिकाको केन्द्र दरबाङमा छैंटौँ संस्करणको खेलकुद प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा खेलकुद सञ्चालन गरिएको छ । प्रतियोगितामा मालिका गाउँपालिमा सञ्चालित विभिन्न १० वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुबीच प्रतिसर््पर्धा सुरु भएको छ । एथ्लेटिक्स विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ । यसैगरी हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, छात्रछात्राको भलिबल र कबड्डी प्रतियोगिता हुने आयोजकले जनाएको छ । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व विद्यालयहरुबीच भएको मार्चपास प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय दरबाङ प्रथम, भीम मावि देवीस्थान द्वितीय र केबि एकेडेमी दरबाङ तृतीय भई पुरस्कृत भएका छन् । मङ्गलवारै सम्पन्न १५ सय मिटरको छात्र दौडतर्फ जनप्रिय माविका निलबहादुर किसान प्रथम, गौवमबस्त मावि देवीस्थानका रुपेश सुनार द्वितीय र राष्ट्रिय मावि रुमका नगेन्द्र घर्ती तृतीय हुनुभएको थियो । त्यस्तै छात्रातर्फ किसानी मावि विमका हिमा जुग्जाली प्रथम, जनप्रिय माविका विविका भण्डारी द्वितीय र भीम माविका श्रीया पुन तृतीय घोषित हुनुभएकोमा पुरस्कृत गरिएको छ । त्यस्तै हाईजम्पअन्तर्गत छात्रतर्फ केबि एकेडेमीका दिपेश रोका र छात्रातर्फ किसानी माविका बन्दना घर्ती उत्कृष्ट हुनुभएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५० हजार, द्वितीय र तृतीयले क्रमशः ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगिताको उद्घाटनपछि सम्बोधन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुद प्रतियोगिताले विद्यार्थी खेलाडीहरुमा शारिरीक, मानसिकसहित समग्र पक्षको चौतर्फी विकास गराउने बताउनुभयो । उहाँले खेलकुदजन्य प्रतियोगिताहरुले विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभाको उजागर गर्नुका साथै विद्यालयहरुको बीचमा समेत मैत्रीपूर्ण सम्बन्ध स्थापना हुने बताउनुभयो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले खेलकुद प्रतियोगिताले शारिरीक, मानसिक र व्यक्तिगत जीवनमा समेत धेरै परिवर्तनहरु ल्याउने बताउँदै विद्यार्थी खेलाडीहरुले निष्पक्ष खेल प्रदर्शन, खेल भावना र अनुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले विद्यार्थीहरुका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने प्लेटफर्मको रुपमा रहेको बताउनुभयो । कार्यक्रममा मालिका ६ नम्बर वडाका वडा अध्यक्ष पथबहादुर रोका र किसानी मावि विमका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभयो । मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनको विशेष उपस्थिति रहेको प्रतियोगिताको उद्घाटनसत्र शिक्षा शाखा प्रमुख अशोक रिजालको स्वागत र जनप्रिय माविका प्रअ दिवाकर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  २०:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP