शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगामा छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
रघुगंगामा छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १९, २०८२
20942
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको निवर्तमान सङ्घीय उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी क्षमताको विकास गराउन प्रतियोगिताले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । निवर्तमान राज्यमन्त्री गर्बुजाले खेलाडीहरुले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन आग्रह गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी,नेपाली कांग्रेसका जिल्ला उपसभापति केबी भण्डारी,रघुगङ्गा माविका प्रधानाध्यापक रमेश सिंह ठकुरी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले प्रतियोगिताले विद्यार्थी खेलाडीहरुमा शारिरीक, मानसिकसहित समग्र पक्षको चौतर्फी विकास गराउने बताउनुभयो । गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि प्रत्येक वडा र विद्यालयमा व्यवस्थित खेल मैदान निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले गाउँपालिकाले आयोजना गर्ने विद्यालय स्तरीय खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा टेवा मिलेको बताउनु भयो । विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा सुरु भएको छ । शुक्रबार नै सम्पन्न १५ सय मिटरको छात्र दौडतर्फ अमर माविका शिव सुनार,मुक्तिधाम माविका रुपेश विक द्वितीय र ज्ञानोदय माविका आदर्श बिक तृतीय हुनुभयो । भने छात्रातर्फ मुक्तिधाम माविकी सोनिया खड्का ,अमर माविकी सुप्रिया बिक द्वितीय र महेन्द्र माविकी सुस्मा बिक तृतीय हुनुभएको छ । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व विद्यालयहरुबीच भएको मार्चपास प्रतियोगितामा रघुगङ्गा मावी प्रथम ,अमर मावि द्वितीय र जनता मावी तृतीय भई पुरस्कृत भए । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता विद्यालयलाई नगद ६० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश: नगद ४० हजार र ३० हजार रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । पहिलो पटक बिद्यार्थी खेलाडी बिमा कार्यक्रम सुरु गरेको गाउँपालिकाले दुई सय २५ जना विद्यार्थीहरुको बिमा गरिदिएको छ । विद्यार्थी र शिक्षकहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १७:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP