शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभामा आर्थिक सहयोग र सम्मान
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभामा आर्थिक सहयोग र सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर २०, २०८२
IMG-20251206-WA0095
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको बेनीमा शनिबार सम्पन्न साधारणसभामाको अवसरमा विभिन्न व्यक्ती ,संस्था र कर्मचारीलाई सम्मान सँगै गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरिएको छ । संस्थाले आश्रमका अध्यक्ष बमबहादुर पुनलाई तीस हजार एक सय रुपियाँ सहयोग गरेको हो । भने पुर्व अध्यक्षहरु रेशम बानियाँ ,माधवप्रसाद रेग्मी ,हरिकृष्ण श्रेष्ठ ,सुवासकुमार श्रेष्ठ ,कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीको रुपमा प्रवन्धक यामबहादुर विक ,उपभोक्ता यामबहादुर बानियाँ र संस्थालाई सहयोग गर्ने बराहपाखो सामुदायिक वन उपभोक्ता समिति ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय ,बेनी नगरपालिका लगायत विभिन्न कार्यालय एवं सङ्घ संस्थालाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेको छ । उत्कृष्ट कर्मचारी बिकलाई नगद सात हजार पाँच सय रुपैयाँ सहित दोसल्ला ओढाएर प्रसंशापत्रले सम्मान गरिएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी ,संस्थाका अध्यक्ष रमेश गिरी लगायतले पुरस्कार तथा सम्मापत्र वितरण गर्नुभएको थियो । बेनी नगरपालिका वडा नम्बर ७,८ र २ हाँडेभीर क्षेत्रमा बासोबास गर्ने करिब २२ हजार जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँच भित्र रहेका छन् । संस्थामार्फत एक वर्षको अवधिमा निजी ,सरकारी र विभिन्न सङ्घ संस्था गरी एक हजार तीन सय घरधुरीका उपभोक्ताले ४३ करोड १४ लाख ४४ हजार लिटर पानी प्रयोग गरेका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा खानेपानी बिक्री गरी एक करोड ९५ लाख ४४ हजार ६९६ रुपैयाँ आम्दानी गरेकोमा संचालन खर्च एक करोड ५८ लाख ६१ हजार ४४७ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०८१र०८२मा संस्थाले नगर विकास कोषलाई प्रथम चरण र पुनर्निर्माण आयोजना गरी १९ लाख ५६ हजार नौ सय रुपैयाँ भुक्तानी गरेको छ । भने भने बाँकी भुक्तानी रकम ४९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।बैङ्क तथा नगद मौज्दाततर्फ दुई करोड ९८ लाख ६६ हजार तीन सय रुपैयाँ रहेको छ । प्रजिअ तिवारीले साधारणसभाको उद्घाटन गर्दै उपभोक्तालाई शुद्ध खानेपानी वितरण गर्ने संस्थाको अभियानमा प्रशासनले सधैं सहयोग गर्ने बताउनुभयो । उहाँले मुहान संरक्षण र खानेपानी आयोजनाको स्तरवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाका पुर्व अध्यक्ष माधबप्रसाद रेग्मी, राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ कोषाध्यक्ष रक्षा भट्टराई र गण्डकी प्रदेश अध्यक्ष बिमला पहारी , लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष मुरारी शर्मा, नेकपाबाट शेरबहादुर केसी नेपाली कांग्रेसबाट अजयमिलन श्रेष्ठ ,शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तुप्लाकुमारी शाक्य,बेनपा वडा नम्बर २ का वडा अध्यक्ष यामबहादुर क्षत्री, बेनी सामुदायिक माविका निमित्त प्रअ भीम घर्ती ,उपभोक्ताहरु यामबहादुर बानियाँ र भीमकुमारी सुवेदी लगायले शुद्ध एवम् स्वच्छ खानेपानीका लागि भइरहेको प्रयासको प्रशंसा गर्नुभएको थियो । संस्थाका अध्यक्ष गिरीले मुहानदेखि मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराउन प्रति सेकेण्ड ३० पानीको भण्डारण गर्ने गरी सेडिमेन्टेसन टङ्की र स्लो स्याण्ड फिल्टर टङ्की लगायत पुर्वाधार निर्माण भएको म बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–८,राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट नियमित खानेपानी आपूर्ती भइरहेको छ । संस्थाका उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको स्वागत मन्तव्य , सचिव केशव प्रसाद रेग्मीले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष टंकप्रसाद हमालले आर्थिक प्रतिवेदन र सचीव रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १८:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP