शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दोस्रो लायन्स छात्रा फुटबल प्रतियोगिताको उपाधि न्यु वेस्ट प्वाइन्टलाई
दोस्रो लायन्स छात्रा फुटबल प्रतियोगिताको उपाधि न्यु वेस्ट प्वाइन्टलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर २०, २०८२
Lince
बेनी ।म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न दोस्रो लायन्स अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि न्यू वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ। लायन्स क्लब अफ बेनि लब्लिहिलको आयोजनामा शनिबार खुल्ला मञ्चमा सम्पन्न भएको फाइनलमा प्रकाश माविलाई १–० ले पराजित गदैं न्यु वेस्ट प्वाइन्ट च्याम्पियन बनेको हो । न्यू वेष्ट पोइन्टलाई दोस्रो लायन्स कपको ट्रफी दिलाउने क्रममा सरिता पर्टेले दोस्रो हाफपछि एक गोल गरेकी थिइन् । डिफेन्डिङ च्याम्पियन समेत रहेको वेष्ट प्वाइन्ट सुरुवात देखि नै उत्कृष्ट लयमा देखिएको थियो भने उपविजेता प्रकाश माविको समेत टिम वर्क र एट्याकिङमा निकै राम्रो भए पनि टिमलाई हारबाट जोगाउन सकेनन्। छात्रा फुटबल प्रतियोगितामा यसपटक फाइनल अगाडीका खेलहरूमा गोलको बर्षागदैं फाइनलमा प्रवेश गरेका दुबै टिमको खेल हेर्न लायक बनेको थियो ।कार्यक्रमका प्रमुख अतिथि पूर्व उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा खम्बीर, लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, पूर्व गर्भनर चन्द्रकुमार केसी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, मुख्य प्रायोजक द रियल म्याग्दी अष्टेलियाका प्रतिनिधिले विजेता र उपविजेतालाई क्रमशः ४० हजार,उपविजेता २५ हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र र अनुशासित टिम बेनी सामुदायिक माविलाई ५ हजार रुपैयाँ नगद प्रदान गर्नुभएको थियो। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी न्यू वेष्ट प्वाइन्टकी काब्याश्री बानियाँ,उत्कृष्ट गोलरक्षक न्यु वेष्ट प्वाइन्टकै रिदिमा भट्टचन,उत्कृष्ट मिडफिल्डर न्यू वेष्ट प्वाइन्टकी समिक्षा घर्ती, सर्वाधिक गोलकर्तामा न्यू वेष्ट प्वाइन्टकी सरिता पटेल १० गोल,उत्कृष्ट डिफेन्डरमा वेष्ट प्वाइन्टकी प्रमिशा बानियाँ, उत्कृष्ट स्ट्राइकर प्रकाश माविकी समिक्षा दर्जी,उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राई र राइजिङ प्लेयर प्रकाश मावि अञ्जली सिर्पालीलाई नगद सहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताले विद्यालय स्तरमा रहेका छात्राको फुटबल प्रतिभाको पहिचान तथा आगामी दिनमा हुने प्रदेशस्तरीय खेलमा समेत सहभागिताका लागि आवश्यक तालिम सहितका योजनामा सघाउने लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष ओमप्रसाद शर्माले बताउनुभयो । प्रतियोगितामा म्याग्दीका १० विद्यालयको सहभागिता रहेको थियो।    
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  २०:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP