शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि मुक्तिधाम माविलाई (तस्बिरहरु)
रघुगंगा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि मुक्तिधाम माविलाई (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर २१, २०८२
raghuganga-president-cup (6)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा आइतबार सम्पन्न गाउँपालिका स्तरीय अन्तर मावि विद्यालय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ । रघुगंगा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्दै पुनः उपाधि उचालेको हो । उपाधि जितेसँगै मुक्तिधाम माविले ६० हजार रुपैयाँ नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यो सँगै मुक्तिधाम माविले लगातार दोस्रो पटक रनिङ शिल्ड हात पार्न सफल भएको छ । यसैगरी नौ स्वर्ण, आठ रजत र दुई कांस्य पदक हात पार्दै अमर मावि द्वितीय तथा चार स्वर्ण, ११ रजत र तीन कांस्य पदक जित्दै रघुगंगा मावि तृतीय भएको छ । द्वितीय र तृतीय भएका अमर मावि र रघुगङ्गा माविले क्रमशः ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेका छन् ।उपाधि विजेता, उपविजेता र सान्त्वना विद्यालयहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुजा, कार्यपालिका सदस्य होमबहादुर परियार,सहायक प्रशासकीय अधिकृत दयाराम पौडेल , शिक्षा शाखा अधिकृत नहेन्द्रबहादुर क्षत्री लगायतले पुरस्कार वितरण गर्नुभयो । एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कूल ३० स्वर्णपदकका लागि १२ विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता तीन दिनसम्म संचालन भएको थियो । कार्यक्रम अधिकृत पदम बहादुर भण्डारी र लेखा अधिकृत अर्जुन गौतमले कार्यक्रम संचालन गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीले विजेता र उपविजेता विद्यालयलाई बधाई दिंदै बेनीमा हुने आगमी जिल्ला स्तरी रनिङ शिल्ड प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन सहितको जितको शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगिताको निवर्तमान संघीय उर्जा ,जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभएको थियो ।    
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १७:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP