शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • रघुगंगामा पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ
रघुगंगामा पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस १, २०८२
raghuganga-public-hearing
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले चालु आर्थिक बर्षको पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले पालिका भित्र निर्माणधिन जलविद्युत आयोजनाहरुले मनपरी काम गरेको, सार्वजनिक उत्तर दाहित्वको रकम खर्च नगरेको, मौवाफाँटमा खेलमैदान स्तरउन्नती नगरेको, पूर्वाधारयुक्त बनाउन उपेक्षा गरिएको, आबश्यकता भन्दा बाहिर गएर खानेपानीका पाईप वितरण गरेको तर लाभग्राहीले खानेपानी नपाएको, बेगमा बन्ने भनेको स्वास्थ्य चौकी भवन अहिले सम्म बनाउनमा पालिकाले चासो नदिएको, महिला स्वास्थ्य स्वंमसेविकाहरुको सेवासुविद्यामा अन्योल सृजना गरेको, सडकको ट्रयाक खोलेको तर स्तरउन्नती नगरेको, पालिको केन्द्रमा मात्र सडक बस्ती जडान गरिएको तर अन्य टोलमा नगरिएको लगायतका गुनासो गरेका थिए । सार्वजनिक सुनुवाईमा आएका प्रश्नहरुको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत कुलराज पौडेल र स्वास्थ्य शाखा प्रमुखले जवाफ दिनुभएको थियो । पहिलो चौमासिकको प्रगति सार्वजनिक संगै सेवाग्राही, सर्वसाधारण र सरोकारवालाबाट गुनासा तथा प्रतिकृया संकलन गर्दै कार्यालयको कार्यसम्पादनलाई थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदैै गाउँपालिका अध्यक्ष भण्डारीले पालिकाले हाल सम्म विकासको आधार तयार गरेको बताउँदै हरेक बस्तीमा सडकको सञ्जाल पुग्नु, विद्यालयहरुको पूर्वाधार तयार हुनु, दुर्गम बस्तीहरुमा स्वास्थ्य इकाइ सञ्चालन लगायतका कामले नागरिकलाई विकासको आधारभुत पत्याभुति दिलाएको बताउनुभयो । उहाँले पालिका भित्र निमार्णधिन अबस्थामा रहेका जलविद्युत आयोजनाहरु संगको समन्वयमा त्यस आयोजनाबाट प्रभावित बस्तीमा जनताको आवश्यकता अनुसारको काम भएको बताउनुभयो ।   उहाँले संघ सरकार र प्रदेश सरकार संग समन्वय गरेर भगवती भेग सडक, गलेश्वर मौवाफाँट सडकका साथै अन्य सडकहरु हरेक बर्ष मर्मत गर्ने गरेको बताउनुभयो । उहाँले पालिका भित्रका हरेक बस्तीमा खानेपानीको पहुँच पुराउन र पुगेको बस्तीको पानीका योजनाहरु मर्मत संभारका लागि आवश्यक बजेट उपलब्ध गराएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का र कार्यसमिति सदस्य राकेश शर्माको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०९:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP