शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी
म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २४, २०८२
Oplus_16908288
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट’ अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हाँसिल गर्नुभएको हो । उहाँको अनुसन्धान सूर्यबाट निस्कने सौर्य वायु र त्यसमा हुने अस्थिरता, तथा सौर्यवायुमा हुने झट्काले अन्तरिक्ष वातावरणमा पार्ने प्रभावसम्बन्धी गहिरो वैज्ञानिक विश्लेषणमा केन्द्रित रहेको छ । विश्वविद्यालयमा रहेको अन्तरिक्ष विज्ञान विभाग तथा अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’ मा विश्वप्रसिद्ध वैज्ञानिक प्रा.डा. ग्यारी जैंकको निर्देशनमा रहेर अनुसनधान सम्पन्न गर्नुभएको हो । गौतमले अध्ययन अवधिमा अन्तराष्ट्रिय स्तरमा उच्चस्तरीय वैज्ञानिक जर्नलहरुमा थुप्रै अनुसन्धानपत्रहरु प्रकाशित गर्नुका साथै विभिन्न अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनहरुमा आफ्ना अनुसन्धान प्रतिवेदनहरु प्रस्तुत गरिसक्नुभएको छ । “ग्रामिण क्षेत्रको सामान्य परिवारबाट सुरु भएको मेरो यात्रा आज यहाँसम्म आईपुग्दा धेरै संघर्ष, धैर्य र निरन्तर मेहनतको लगानी छ,” सुजनले भन्नुभयो “यो सफलता मेरो मात्र नभएर परिवार, साथीभाई, आफन्त, शिक्षक र शुभेच्छुकहरुको साझा उपलब्धी हो ।” सुर्य र अन्तरिक्षमा हुने गतिबिधिले पृथ्वीको सेटालाइट स्टिम, रेडियो सञ्चार, मौसम र दैनिक जीवनमै असर पार्ने भएकाले सानैदेखिको रुची अनुसार जटिल र चुनौतिपूर्ण भएपनि अन्तरिक्ष विज्ञानको अनुसन्धानमा लागेको गौतमले बताउनुभयो । “सुर्यसँग सम्बन्धित कैयन अनुत्तरित प्रश्नहरु छन जो बुझ्न सारा विश्वका वैज्ञानिकहरु लगिपरेका छन्, मलाई पनि त्यही जिज्ञाशाले यो क्षेत्रमा तानेको हो,” उहाँले भन्नुभयो “मेरो कामले भविष्यमा सौर्य आँधी, अन्तरिक्ष मौसम र तिनको प्रभावलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ ।” अन्तरिज्ञ विज्ञान तथा सौर्य वायु सम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने गौतमको योजना छ । त्रिभुवन विश्व विद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पुरा गरेर सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्टसभिलको ’डिपार्टमेन्ट अफ स्पेस साइन्स’मा जानुभएको थियो । गौतमले अमेरिकाको उक्त विश्व विद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रुपमा आफ्ना अनुसन्धानहरु गर्दै आउनुभएको थियो । गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु बराल र डा. बिनोद अधिकारीको टोलीले सन् १९६८ देखि सन २०२३ सम्म को पोखरा र काठमाडौको मासिक बर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिबिधीको सम्बन्धलाई आधार मानेर गरेको अध्ययनको प्रतिवेदन एक वर्षअघि प्रकाशन भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ०८:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP