शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • १२ बुँदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी
१२ बुँदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २४, २०८२
maghesakranti-2082-poster
बेनी । ‘एआई’ कृतिम वृद्धिमताको दुरुपयोग हुन नदिने प्रतिवद्धता सहित बुधबार बेनीमा १२ बुँदे म्याग्दी एआई घोषणापत्र जारी गरिएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयकाे सहयाेग र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म बेनीमा सञ्चालन भएको ‘एआई’ र मोवाइल पत्रकारिता सम्बन्धी तालिममा सहभागि पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका ‘कन्टेन क्रियटर’ (विद्युतीय सञ्चार सामग्री सिर्जनाकर्ता)हरुले घोषणापत्र जारी गरेका हुन् । घोषणापत्रमा समाजमा भ्रम फैलाउने, सद्भाव खलबलाउने, अश्लिलता जस्ता कुनै पनि काममा एआईको दुरुपयोग नगर्ने, एआईको सहयोगमा सिर्जना गरिएका सामग्रीमा स्रोत उल्लेख गर्ने, एआईको प्रयोग गर्दा अन्तिम निर्णयकर्ता मानव जनशक्तिनै हुनुपर्नेमा दृढता र एआईलाई पत्रकारिताको विकल्प नभएर सहयोगीका रुपमा ग्रहण गर्ने उल्लेख छ ।सूचना, प्रविधिको प्रयोगबाट दैनिक जिवनयापन र क्रियाकलापलाई सहज बनाएपनि मौलिकता र सिर्जनसिलताको संरक्षण गर्दै समाजमा भ्रम र दन्द्ध फैलिन नदिनतर्फ संवेदनशिल रहनुपर्ने भएकाले एआईको दुरुपयोगबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आवश्यक रहेको सन्देश सहित घोषणापत्र जारी गरिएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो । राष्ट्रिय एआई नीतिलाई आधार मानेर एआई प्रयोग सम्बन्धी कार्यबिधी तथा पत्रकारहरुका लागि एआई आचार संहिता जारी गर्न सरकारसँग माग गरिएको छ । पत्रकारिता बाहेक शिक्षा, स्वास्थ्य, कृषि, ब्यापार, ब्यवसाय, पर्यटन प्रर्वद्धन लगायत सबै क्षेत्रमा एआईको सही र जिम्मेवार प्रयोगका लागि अनुरोध गर्दै पैरवीकर्ता तथा सहजकर्ताको भूमिका खेल्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।एआईको प्रयोगलाई व्यवस्थित गर्न स्थानीय सरकार, सरकारी निकाय, सामाजिक तथा निजी संघ संस्थालगायत सबै सरोकारवालाहरुलाई एआई साक्ष्राता, सचेतना, सिप र शिक्षा फैलाउन ध्यानाकर्षण गराइएको छ । करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा एआईको व्यवस्थित, सुरक्षित र सदुपयोग तथा दुरुपयोगका विषयमा नेपाल टेलिभिजन पत्रकार संघका अध्यक्ष जिवन भण्डारीले सहजिकरण गर्नुभएको थियो ।कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रबिधिलाई आत्मसात गर्दै सिर्जनशिलता र मौलिकताको संरक्षण गर्दै भ्रमपूर्ण सूचनाका कारण समाजमा हुने असर न्युनीकरणमा जोड दिनुभयो ।गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले एआईलाई साथी र सहयोगीको रुपमा उपभोग गर्दा सञ्चारकर्मीहरुलाई कार्यसम्पादनमा सहज हुने भएकाले क्षमता तथा सिप विकासमा जोड दिएको बताउनुभयो ।  
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १०:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP