शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा निजी क्षेत्रको लगानी भित्राउन प्रतिबद्ध छु : अध्यक्ष ढकाल
म्याग्दीमा निजी क्षेत्रको लगानी भित्राउन प्रतिबद्ध छु : अध्यक्ष ढकाल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस ३०, २०८२
chandra-dhakal
बेनी ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी लगानीबाट पनि धेरै योजनाहरु सम्पन्न गर्न सकिने भएकाले म्याग्दीमा लगानीयुक्त क्षेत्रको पहिचान गरेमा ५० प्रतिशत लगानीको स्रोत सुनिश्चितता गर्न तयार रहेको बताएका छन् ।   स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी स्थापित कम्पनीमार्फत म्याग्दीको पर्यटन क्षेत्रमा लगानी गर्ने इच्छा रहेको ढकालको भनाई थियो। म्याग्दीको सदरमुकाम बेनीमा बुधवारदेखि ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानी र सुरक्षाको वातावरण आवश्यक रहेको बताए ।   उनले भने नेपालमा हुने हरेक प्रकारका आन्दोलनहरुमा निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरिरहेको बताउँदै निजी क्षेत्रलाई निषेधित क्षेत्रको रुपमा घोषणा गरी राज्यले सुरक्षाको प्रत्भाभूति दिलाउन आवश्यक रहेकोमा जोड दिए । २०४६ सालदेखि नै देशमा भएका हरेक आन्दोलनहरुमा निजी क्षेत्र चपेटामा परिरहेको भए पनि देशमा ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गरेको र ५० प्रतिशतबढी देशको राजश्वमा योगदान पु¥याइरहेको बताए ।   व्यवसायी तथा उद्यमी समेत रहनुभएका अध्यक्ष ढकालले नेपालमा रहेको प्राकृतिक स्रोतसाधन र आन्तरिक पूँजीको परिचालनबाटै स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउँदै यसका लागि राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका थिए । निजी क्षेत्रको लगानीमा निर्माण हुने जुनसुकै आयोजनाहरुमा पनि राज्यको तर्फबाट सुरक्षाको व्यवस्था मजबुत बनाउनुपर्ने भन्दै उनले निजी क्षेत्रले सञ्चालन गर्ने आयोजनाहरुमा लगानीको सुरक्षा र भरपर्दो वातावरण निर्माणमा प्राथमिकता दिनुपर्ने बताए ।अध्यक्ष ढकालले भने, ‘हाम्रो देश नेपालमा धेरै सम्भावनाहरु छन् । नेपालकै आन्तरिक पूँजी परिचालन गरेर भए पनि धेरै ठूला आयोजनाहरु बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले एलटिपी नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी १० अरबको लगानीमा सञ्चालन गरेका छौँ ।१० अरबलाई क्यापिटल पूँजीकै रुपमा राख्ने हो भने ४०÷५० अरबसम्मका आयोजनाहरु निर्माण गर्न सकिन्छ ।’   ‘त्यसका लागि हामीलाई केबल खाँचो छ भने जेनियुन हिसाबले लिडरसिप लिएर, जेनियुन हिसाबले प्रोजेक्टहरु अगाडि बढाउन सकियो भने, टाइममा त्यो प्राजेक्ट कम्प्लिट गर्न सकेमा दिएको बजेटले बनाउन सकियो भनेचाहिँ क्वालिटीमा कम्प्रमाइज नगरिकन टाइम, बजेट र क्वालिटीमा बनाएर अगाडि बढ्न सकेमा धेरै कामहरु गर्न सकिन्छ’, उनले थपे ।   मेलाको अवसरमा संविधासभा सदस्य गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका कार्यबाहक सभापति हरिकुमार श्रेष्ठ, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राखोका थिए । आउँदो माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनहरुको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाइएको छ । मेलामा कृषि र औद्योगिक उत्पादनहरु, विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, लोकनृत्यसहित झाँकी र कलाकारहरुको विभिन्न प्रस्तुती, उद्यमीहरुको बीचमा टोपी, दुनाटपरी र बाटेको धुप बनाउने प्रतिसर््पर्धालगायत रहेको मूल संयोजक एवं महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताइन् ।    
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  २२:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP