शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २० जना कृषकलाई पुरस्कार वितरण
कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २० जना कृषकलाई पुरस्कार वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ३, २०८२
Messenger_creation_3FB7BBCD-A12F-4FF3-BDCA-FD79A2835CC0

म्याग्दी ।११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये म्याग्दीका उत्कृष्ट २० जना कृषकहरु शनिवार पुरस्कृत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजना र कृषि विकास कार्यालयसँगको समन्वय तथा सहकार्यमा सञ्चालित कृषि मेला प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट २० जना कृषकहरुलाई छनोट गरेर पुरस्कृत गरिएको हो ।

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा सञ्चालित कृषि मेला प्रदर्शनीमा अन्य तरकारी बाली समूह, फलफूल, जरे तथा गानो बाली, विविध र काउली बाली समूह गरी कुल ५ वटा विधामा ४ जनाको दरले उत्कृष्ट कृषकहरु छनोट गरी पुरस्कृत गरिएको कृषि विकास कार्यालय म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बाँस्तोलाले बताउनुभयो । उत्कृष्ट कृषकहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी क्रमशः नगद २५ सय, दुईहजार, १५ सय र एकहजार रुपैयाँको दरले नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको उहाँले जानकारी दिनुभयो । उत्कृष्ट कृषकहरुलाई वरिष्ठ कृषि विकास अधिकृत बाँस्तोलासहित म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले प्रमाणपत्र र नगदसहितको पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कृत हुने कृषकहरुमा अन्य तरकारी बालीतर्फ जिल्लाको बेनी नगरपालिका–२ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्की, रघुगंगा गाउँपालिका–३ का जीतबहादुर खत्री, बेनपा–६ का श्रीलाल रिजाल र अन्नपूर्ण–६ घारका राम बरुवाल रहनुभएको छ । यसैगरी फलफूल बाली समूहतर्फ रघुगंगा–१, का विरबहादुर तिलिजा, मंगला–२ ,का श्रीकृष्ण पौडेल, अन्नपूर्ण–३ का दुर्गादत्त सुवेदी र बेनपा–१, का ईश्वर सुवेदी तथा जरे एवं गानो बाली समूहतर्फ रघुगंगा–१ का ढकबहादुर पुन, ८ नम्बर वडाका बिमला शेरपुन्जा मगर, मंगला–२ का छमलाल पौडेल र बेनपा–५ को आदर्श कृषि फर्म तथा विविधतर्फ बेनपा–९ का भीमबहादुर सुवेदी, धवलागिरि–७ का ओमबहादुर थापा, बेनपा–४ का डिल केसी र बेनी हुलाकचोकका साधनाकुमारी श्रेष्ठ पुरस्कृत हुनुभएको कृषि विकास कार्यालयले जनाएको छ । त्यस्तै काउली बाली समूहतर्फ बेनपा–१ का तेजबहादुर बरुवाल, मंगला–२ का हरिकृष्ण अधिकारी, बेनपा–२ खबराका नारायणबहादुर कार्की र १ का रुद्रबहादुर थापा पुरस्कृत हुनुभएको छ । जिल्लाको ग्रामीण भेगका स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि, तरकारी र फलफूल बालीको प्रवद्र्धन तथा प्रचारप्रसार गरी किसानहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले कृषि मेला प्रदर्शनी आयोजना गरिएको थियो । कृषकहरुले मेलाको अवसरमा आफूहरुको उत्पादनलाई प्रदर्शनीका साथै छनोट गरी पुरस्कृत गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । म्याग्दीको बेनीमा गएको बुधवारदेखि ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो । जिल्लामा म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिले दुई वर्षको अन्तरमा माघेसङ्क्रान्ति मेला लगाउँदै आएका छन् । मेला, महोत्सवको अवसर पारेर कृषि मेला प्रदर्शनीलाई पनि निरन्तरता दिइएको छ ।
प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १८:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP