शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रतिनिधि सभा निर्वाचन:म्याग्दीमा दुई स्वतन्त्र सहित १३ जनाले गराए उम्मेद्वारी दर्ता
प्रतिनिधि सभा निर्वाचन:म्याग्दीमा दुई स्वतन्त्र सहित १३ जनाले गराए उम्मेद्वारी दर्ता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ ६, २०८२
IMG-20260120-WA0052
बेनी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लामा दुई स्वतन्त्र उम्मेदवार सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीका अनुसार  नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट  यूवराज रोका, स्वतन्त्रबाट निवर्तमान शिक्षामन्त्री महावीर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुबेदी,नेकपा (माओवादी केन्द्र) बाट क्षेत्रबहादुर घिमिरे धुब्र रहनुभएको छ । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद राना, राष्ट्रिय जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट नविन जिसी रहेका छन् । मनोनयनदर्ताका लागि सबैभन्दा पहिला स्वतन्त्रबाट महावीर पुनले उम्मेदवारी दर्ता गर्नुभएको थियो । म्याग्दीमा यसपटक राजनीतिक दलसँगै स्वतन्त्रबाट चुनावी मैदानमा देखिनुभएका महावीर पुनको उपस्थितीले महालो रोचक बन्ने निश्चित छ । मनोनयपत्र दर्ताका लागि पुगेका उम्मेदवारले आफ्नो विजय निश्चित भएको बताएका थिए । मुख्य दलहरु हुने गरेको प्रतिस्पर्धामा यसपटक नयाँ दलसँगै स्वतन्त्र उम्मेदवारको उपस्थितिले समेत माहोल बढ्दै गएको छ । निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २१:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP