शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नागरिकता प्राप्त गर्न दश वर्ष संघर्ष...
नागरिकता प्राप्त गर्न दश वर्ष संघर्ष...
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ ९, २०८२
ten years pachhi nagarikata
बेनी । नेपाली नागरिकताका लागि एक दशकदेखि भौँतारिइरहेका दिदीभाइले समिर खान र यास्मिन बेगमले मंगलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेपछि निकै खुशी हुनुभयाे । नागरिकताका लागि जिल्लामा आउने नेता, मन्त्रीदेखि सरकारी निकायका उच्च पदस्थ कर्मचारीसम्मलाई गुहार्नुभएका समीर र यस्मिनाले कानुनी अड्डा  धाउँदाधाउँदै आजित हुनुभयाे । बेनी नगरपालिका–७ ,सदरमुकाम बेनीमा जन्मिएर, यही हुर्किएपनि नागरिकताबाट बञ्चित हुदाँ आफ्ना अनेक सपनाहरू अधुरै राखेका समीर र यास्मिना नागरिकताबाट बन्चित बन्नुभएकाे  थियाे । नागरिकता हातमा लिएर जिल्ला प्रशासन कार्यालयबाट बाहिरिदाँ समीर र यास्मिनाको अनुहारमा अचम्मको चमक थियो । एकदशकसम्मको पीडा, निराशा र अथक संघर्षपछि प्राप्त भएको नेपाली नागरिकताको प्रमाणपत्रले अपुरा कामले पूर्णता पाउने भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयाे  ।जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएपछआमा मनिरजाले छोराछोरीका लागि गरेको लामो संघर्ष पूरा भएको भन्दै प्रजिज रबिन्द्र आचार्यलाई धन्यवाद दिनुभयो ।आमाको बंसजको नागरिकता, बुबाको अर्को देशको नागरिकता भएको, लामो समयसम्म नेपालमा, जग्गाजमिन, सरकारी कागजात खुल्ने प्रमाण, वडा कार्यालयबाट समेत प्रमाणित गरेको अवस्थामा नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनको आधारमा पहिलोपटक अङ्गीकृत नेपाली नागरिकता प्रमाणपत्र जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । अङ्गीकृत नेपाली नागरिकता विदेशी आमा वा बुबा भएको प्रमाणहरूको आधारमा वितरण गरिन्छ । समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने उहाँका श्रीमान् सलिम खान भारतको कलकत्ताको हुनुहुन्छ । ४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा कस्मेटिक व्यवसाय सुरु गर्नुभएको थियो । ‘आमाको नागरिकता छ, हामी यहीँ देशमा जन्मिएर हुर्कियौँ, आमाको नामबाट नागरिकता पाऊँ भन्दा धेरै दुख भोग्नुपर्यो’ दुखेसाे पाेख्दै समीरले भन्नुभयो ।बेनीको प्रकाश माविबाट उच्च शिक्षा हासिल गरेपनि आफ्नै नामबाट ब्यवसाय तथा जागिर खान तथा वैदेशिक शिक्षाका लागि जाने प्रयासहरु सफल भएको थिएन ।बेनी नगरपालिका हाल वडा नम्बर ७ मा पर्ने साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता रहेको तथा प्रयाप्त प्रमाणहरुले समेत नागरिकताबाट बन्चित हुनुपर्ने अवस्थालाई अन्त्य गरेको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको भनाइ छ । म्याग्दीमा यसअगाडी बंशजको आधारमा मालिका गाउँपालिका–५ ,देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १५:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP