शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २१, २०८२
beni to new dellhi bus
बेनी ।म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट बेनी नगरप्रमुख सुरत केसीले बस सेवा उद्घाटन गर्नुभयो । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको बस सेवाले जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउने विश्वास गरिएको छ । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने भएकाले प्रचारप्रसारमा सघाउने मेयर केसीको भनाइ छ । बस सेवा उद्घाटन कार्यक्रममा बेनी नगरकी उपप्रमुख ज्योति लामिछाने, वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगायतको उपस्थिती रहेको थियो । म्याग्दीबाट सिधै भारत जाने पहिलो यात्रु मंगला गाउँपालिका वडा नं १ भर्जुलाका उमेश किसानलाई हरेक यात्रामा २० प्रतिशत टिकटमा छुट सहितको सुविधा समेत प्रदान गरिएको छ । बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर निर्धारण गरिएको सृष्टि यातायात प्र्रालिका अध्यक्ष कृष्णप्रसाद पोडेलले बताउनुभयो । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्राउन भारतमा समेत प्रचारप्रसार गरिने छ । बस सेवाका लागि भारतबाट बेनी आउनेलाई भारतको सरोजनी नगरबाट हरेक दिन साँझ ४ बजे छुट्ने छ । आधुनिक सुविधा रहेको बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिन्छ। छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरम बार्षिक १ लाखभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट भारत जान यसअगाडी पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो ।म्याग्दीबाट २७ घन्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ । म्याग्दीबाट रोजगार, शिक्षा, उपचार सहित अन्य विभिन्न कामले समेत भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्ने भन्दा निकै सस्तो भाडा,लुटिने जोखिम समेत कम हुने छ । यात्रुले यात्रा गर्दा आफ्नो परिचय खुल्ने कागजात अनिवार्य प्रयोग गर्नुपर्छ ।
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १५:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP